Nepali Poem | सम्झनामा | Shalik Sapkota

तिमी छैनौ त्यहाँ दुनिया भएर के भो
स्वर्गै भएनी एक्लै त्यहाँ गएर के भो ।
प्रेम हो मिलन यसमा पनि छ विचलन
म धर्म प्रेम मान्छु अरु पाप ठानेर के भो ।

विद्या अनेक लिन्छन् सतबुद्धी दिन्छन्
जान्दैनन् प्रेम दुनियाँ जानेर के भो ।
पर्दाको दुनिया हैन दुनियाको पर्दा
रंगाइदेउ यहाँ चर्चै चर्चा चलेर के भो ।
पत्थरमा पाइला हुन् या पाइलामा पत्थर
पुग्नु एउटै गन्तव्यमा अरु सपना जलेर के भो

तिमी छैनौ त्यहाँ दुनिया भएर के भो
स्वर्गै भएनी एक्लै त्यहाँ गएर के भो ।

Read More Nepali Poem

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *