अचेल | Nepali Poem | Rahul Pokhrel

nepalii poem
गर्दैन फोन मिस्कल अनि म्यासेज अहिले
सुत्दा नि फोन उठेर फोन गर्नेले पहिले
सक्दिन बाँच्न भुलेर तिमी भनेर भन्थ्यो र
मनैले माया गरेको भए  पराइ बन्थ्यो र ??
कुरेर बस्छु दिनमा अनि रातिमा पनि त्यो
मलाई जस्तै अप्ठ्यारो भएको छ कि त भनी त्यो
हेरेर सुत्छु उसको फोटो टाँसेर   छातीमा
उसकै नाम जपेर उठ्छु   म  मध्य रातिमा ।।।
कसरी सक्यो  उ खुशी हुन  सोँचेर बस्दछु
मनको गाँठो फुक्दैन अनि बेस्सरी कस्दछु
छोडेर  मेरो  मनको  घर  अन्तै  पो  सरेछ
सक्कली सोँची लाएको माया नक्कली परेछ ।।।
सोँचेको थिएँ जिन्दगी सारा हाँसेर कट्छ कि
तिमीसँग हुँदा यो मेरो दुःख  सजिलै हट्छ कि
घटिया भन्दै  गाउँदै  गित  हिन्छौ  रे  घरमा
सुम्पेर  सारा  तिमीलाई  मैले  बस्दा नि भरमा ।।।।
चुसेर  रस   उडेर  जाने  भमरा  जस्तो  पो
सुखमा मात्र पाहिने तिम्रो साथ त्यो कस्तो पो
रमेर  बाँच  जिन्दगी भरी  आँसु त  म  लिन्छु
बाँकी छ भने आएर लग  चाहिन्छ जे दिन्छु ।।।
बेचेर आँसु आँखाको हिजो सपना किनेको
बिर्सन्छु भन्छु आउँछ याद आँसु नै दिनेको
तगारो  बनी  आउने छैन  म  तिम्रो बाटोमा
पठाइ दिन्छु किनेर खुशी आँसुको साटोमा ।।।
पुरानो हुँदा सम्झना बढ्छ घट्दैन के गरौँ
आँखाको चित्र घमिलो हुन्छ हट्दैन के गरौँ
हेर्दछु फोटा सम्झन्छु हिजो रुन्छु नि अहिले
आज यो सबै भोग्न त होला माया त्यो पहिले ।।।
भाग्यमा तिमी नभाको हो कि लागेको देउता
भेटेर अब गर्नु छ कान्छी सल्लाह एउटा
घरमा पनि स्विकार थियो बिग्रियो के गरी
सुनेको थिए लाछौ रे जान अर्कैसँग बिहे गरी ।।।
पैंसाले हो कि अरु नै थियो देख्नुमा नराम्रो
पठायौ पैंसा बेचेर तिम्ले सम्बन्ध त्यो हाम्रो
मलाई निज देख्नु भो भन्यौ त्यो तिम्रो बाबाले
राम्ररी बोल्दा सुन्नुमा गल्ती गरेको हावाले ।।।
खोजेर जानु मभन्दा राम्रो आम्दानी हेरेर
नराम्रो वस्तु ठिकै त हुन्छ राख्दा नि फेरेर
इज्जत माथि लाग्छ कि दाग नसोच्नु कहिले
माया पो गर्छु आफूलाई भन्दा अझै नि महिले ।।।
गर्छ कि घात भन्छ कि कतै हिजोका कहानी
नसोँची अब बढ्नुस् अघि साथ छ जहाँ नि
रुवाई उता कसरी यता मुस्कान आउला
भाग्यमा भए म अर्को जुनी हुन त पाउँला ।।।।
-Nepali Poem by Rahul Pokhrel
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *