तिमीले पो बुझ्छौ
यो मनको पीडा
त्यो तिम्रो याद छ नि
त्यसले त कहिले बुझेन
न आउने समय छ
न मलाई सताउने सिमा छ
लाचार हुन्छु म त्यसको अगाडी
म र मन दुबैलाई
निराश निराश बनाएर जान्छ
र फेरि
धेरै दिनसम्म कता हराउँछ
आउँछ सताउँछ
र फेरि हराउँछ
यस्तै गरि त मलाई
त्यो तिम्रो यादले सताउँछ
***
राहुलका अन्य लेख पढ्नुहोस्ः
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

