यो संसारमा भएको एकमात्रै निर्मोही वस्तु प्रेम हो जसमा कुनै मोह हुँदैन । प्रेममा कुनै चाहना हुँदैन र यसको कुनै कारण नि हुँदैन । यो कोहि एकजनामा सिमित हुने कुरा पनि होइन । जात धर्म उमेर पेशा र रुप हेरेर हुने पनि त होइन । त्यसो भए तिमीले र मैले गरेको प्रेम कसरी प्रेमको परिभाषा भित्र पर्यो त ??
प्रेम गर्नेहरु एक अर्कालाई बन्धनमा बाँध्ने होइन कि एक अर्कालाई अझै स्वतन्त्र बनाउने काम गर्छन् । यसो भनिरहँदा तिमी र म बीचमा थियो त त्यो स्वतन्त्रता ?? एक अर्कालाई देखाउन गरिने झुटा व्यवहार, झुटो आश्वासन प्रेमको परिभाषा भित्र पर्छ त ?? भ्रम र प्रेम कसरी सँगै यात्रा गरिरहन सक्छन् ??
मैले तिमीलाई चाहन्छु किनकी तिमीमा मैले खोजेको गुण छ तर म तिमीलाई प्रेम गर्छु भन्ने होइन । चाहना र प्रेम उस्तै होइनन्, देखाउनेहरु अचेल उस्तै देखाउन प्रयास गरिरहेका छन् । तिमीलाई अहंकार छ कि मैले जस्तो प्रेम कसैले गर्दैन ? त्यसो भनिरहँदा यो नभुल्नु कि जहाँ अहंकार हुन्छ त्यँहा प्रेमको बिज हुनै सक्दैन । हो, हामी बीचमा अनेक सम्झौता र सहमति थिए, भए र चलेका छन् तर प्रेममा त कुनै सम्झौता हुँदैन यो त निस्वार्थ हुने चिज होइन र ?
प्रेम त त्यो सुन हो जसलाई केही अराजक तिमी र म जस्ता तत्वले बिकार भरेर दुषित तुल्याउने काम गरिरहेका छौँ । अचेल प्रेममा प्रेम भन्दा बिकार तत्व धेरै भएको अनुभव गर्दै छु ।।। जिन्दगीको सबैभन्दा आनन्दको वस्तु नै कसैसँग गरिने प्रेम हो त्यसो भए किन प्रेमको बदला लिन तल्लीन हुन्छन् त मान्छे? आनन्दको चिजमा पनि बदला हुन सक्छ र? कसैले कसैलाई प्रेम गर्थ्यो र विविध कारणले छुट्यो भन्दै छन् । साथीहरु, विविध कारणले छुट्ने त्यति कमजोर पनि प्रेम हुन सक्छ ? कारणले छुट्ने त मोह हो । त्यो मोह र प्रेमलाई किन मान्छेहरु उस्तै देखाउन खोजिरहेको छ ??
यो सबै स्वार्थ त्यागेर मोहबाट मुक्त भएर एकपटक कसैको जिन्दगीमा खुशी ल्याउन हामी पनि प्रेममा परौँ तर त्यो प्रेम तिमी र म बीचमा सिमित हुनु पर्छ भन्ने साँघुरो मानसिकताबाट माथि उठ्नु पर्छ पहिला । जिन्दगीमा प्रेमको अनुभव नगर्ने मान्छेले पनि के जिन्दगी जिएको भन्नु र ? त्यो जिन्दगी त जिन्दगी नै भन्न मिल्दैन । प्रेमलाई पाप भन्ने मानिसको एक हुल प्रेमलाई मारिदिने प्रयासमा लागिरहेको छ, तिम्रो परिवार जस्तै ।
तर प्रेम त्यस्तो चिज हो जसलाई मार्न असम्भव छ । त्यो हुलले त केबल प्रेमलाई विषाक्त बनाइरहेको छ । प्रेमको परिभाषालाई साँघुरो बनाइदिएर यसलाई हटाउँदै जाने मानसिकताका मान्छेले गर्दा यो साँच्चिकै नराम्रो जस्तो भएको छ । तिमी म र मजस्ता अनेकौंँ प्रेमिल मान्छेहरुले अब प्रेमको परिभाषा बुझ्नु पर्छ र बुझाउनु पर्छ । अब हामी फेरिनु पर्छ र प्रेमलाई प्रेमजस्तै बनाउनु पर्छ ।
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

