सुन्दर जीवनको रहस्य | Rahoo Law

Rahoo Law
मेरी आमाले
सुन्दर जवानी गुमाएपछी
सुन्दर सन्तान
हेर्न पाएकी हुन्
मेरा बाबाले
सुन्दर बालापन गुमाएपछी
अनेकौँ रहर
र सपना गुमाएपछी
बा बन्ने सुन्दर मौका पाएका हुन् ।।।
सुन्दर वस्तु
गुमाएपछी न
सुन्दर वस्तु
पाइँदो रहेछ
त्यसैले अचेल मलाई
सुन्दर समय
सुन्दर सम्बन्ध
र सुन्दर मान्छेहरू
गुमाउँदा आनन्द लाग्छ ।।।
मैले गुमाएका
ती सुन्दर समयहरु
ती सुन्दर सम्बन्धहरु
र ती सुन्दर मान्छेहरु प्रति
मलाई गुनासो छैन
किनकी
म त सुन्दर वस्तु गुमाएर
सुन्दर वस्तु प्राप्त गर्न चाहन्छु ।।।
हिजो गुमाएको
सुन्दर बालापन
आजको जग हो
हिजो गुमाएका
सुन्दर सम्बन्ध
आजका शत्रु हुन्
र हिजो गुमाएका
सुन्दर मान्छे
आज जिन्दगी जिउने उदेश्य हुन्
सुन्दर जिन्दगी
जिउन पनि
सुन्दर वस्तुहरु
सजिलै गुमाउन
सिक्नुपर्दो रहेछ
मैले सुन्दर समय
सम्बन्ध र मान्छेहरू
गुमाएको छु र त
सुन्दर जिन्दगी जिउन सकेको छु ।।।।

Read More From Rahoo Law

स्वाभिमान | Rahoo Law

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *