आवश्यक देख्दिन मेरो नयाँ कविताको | Nepali Poem | Prabhat Paudyal
सम्बन्ध टुटेका गीतहरु
बिर्सिएका रितहरू
आफ्ना गुमाएका जीतहरु
रातो रङ्गका सितहरु
बटुलेर
घाम नलागेको एक बिहानमा
बसेर बुद्धको चिहानमा
हिट्लरहरूको मनमनी हेरेर
सरकारको आनकानी गरेर
लेखिरहेछ समय
मान्छे मरेको कविता
दु:ख परेको कविता
चैन हरएको कविता
जीवन डराएको कविता
त्यसैले आवश्यक देख्दिन मेरो नयाँ कविताको
जसले देश बोल्ने छ
भेष बोल्ने छ
माया बसाउने छ
प्रित रसाउने छ
खुशी हुने छ मनहरु
शान्त हुने छ जीवनहरु
जब सम्म
लेखिरहन्छन् समय
मान्छे मरेको कविता
दु:ख परेको कविता
चैन हरएको कविता
जीवन डराएको कविता
Read More From Prabhat Poudyal:
https://offlinethinker.com/nepali-poem-by-prabhat/
Facebook Comments

