उनी म र मेरो डायरी | Suman Bhattarai

उनी म र मेरो डायरी

अब त उनलाई पुरै भुलाइसके भनेको के थिए, लकडाउनले होला, फेरि उनको याद बेजोडले आउन लागेको छ ।

उनको याद बढनु भनेकै, म र मेरो डायरी फेरि नजिकिनु हो । डायरी तिमीसँगको सम्बन्ध बडा गजब्बको छ मेरो ।

तिमीलाई कहिले अल्लि बढी अंगाले होला त कहिले पुरै बेवास्ता गरे होला, तर मनमा उब्जने अनगिन्ती भावनाहरु अरु कसैलाई थाहा नभएर तिमीलाई मात्र थाहा छ है !

विशेष गरी तिमीसँग मैले धेरै दुःख कै कुरा गरेको छु, एउटा यस्तो दुःख जुन कुनै मानिसले दिएको हैन, म आफैले आफैलाई दिएको हुँ । अनायास सोच र प्रेमका भावनाले दिएको हुँ । तिमीसँग एउटा यस्तो व्यक्तिको विषयमा बहस चल्छ, जो मसङ्ग धेरै टाढा भएरपनि मैसङ्ग छ। एउटा यस्तो व्यक्ति जसले धेरै सम्झना र सम्भावनाहरु दिएका छन् । एउटा यस्तो सम्बन्धको बारेमा तिमीसँग बहस हुन्छ हुन अज्ञानता र कल्पनाले भरिभराउ छ।

मैले बिर्सन चाहेर पनि बिर्सन नसकेको त्यो व्यक्तिको बारेमा मैले तिमीमाथि धेरै कविता कोरेको छु, गजल अनि मुक्तक रचेको छु, कति गीतहरु पनि बने है ! सायद ‘माया’ लेनदेनको बस्तु भए म टन्नै दिन्थे होला उसलाई, तर यो त महसुस गर्ने चीज न ठहर्यो। सायद चाहिनी भन्दा बढी महसुस गरेछु, एकान्त भावले एकोहोरो महसुस गरेछु ।

ठूलाठूला साहित्यकारहरुले प्रेमको बढा दार्शनिक ढंगले व्याख्या गरेका छन्, तर प्रेम सरल छ । बिर्सना चाहँदा चाहँदै, म उनको नाम सुन्दा झस्किने गर्छु, उनको जन्मदिन यसै सम्झनामा आइहाल्छ, तिता मीठा यादहरु मस्तिष्कमा घुमिरहन्छन्, बिना कारण उनको तस्विर हेर्न मन लाग्छ, बजारमा कुनै नयाँ माया सम्बन्धित लेखले उनको न्यास्रो ल्याउँछ। सायद यही माया हो अनि यही नै सरल परिभाषा पनि ।

हुन त समयसङ्गै चिन्तन पनि फेरिदा रहेछन् । सामाजिक, आर्थिक, राजनीतिक चिन्तनहरु दिमागमा नखेल्ने हैनन्, तर उनी सागर जस्तै रहेछिन् अनि मेरो माया खोला जस्तै- जति उर्ले पनि, हन्डर खाएपनि अन्तिममा सागरमै बिलिन हुनपर्ने ।

हाम्रो बोलचाल समयसँग पातलिँदै गएको हो, अहिले त साच्चै बोलचाल नै छैन्, तर बोलचाल हराउदैमा माया हराउने भए सायद कोही पनि प्रेमको बारेमा बखान लगाउदैन्थ्यो होला । यो एकोहोरो याचना उनले भन्दा तिमीले बढी बुझेको छौ डायरी, त्यसैले फेरि त्यही व्यक्तिको मायाको पुराण सुनायो भनेर नभन है ।

Image by Pexels from Pixabay

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *