मेरो वास्तविक म | Nepali Poem | Bizay Sangroula

Bizay Sangroula

मेरो निकटतम र आत्मिय म नै हुँ
मलाई मैले जति कसैले पनि जान्न सक्दैन
सतहमा छरपस्टिएका अनगिन्ती ‘म’हरू म होइन
परिस्थितिहरूले बनाएको म त केवल भ्रम हो
मसँग भएका अनगिन्ती म मेटिएसँगै भ्रम मेटियो
जसै भ्रम मेटियो
मैले बिर्सिएको मेरो वास्तविक म भेटियो !

मेरो वास्तविक म
दु:खमा आत्तिदैन, सुखमा मात्तिदैन
हारमा ठुस्स पर्दैन, जितमा मक्ख पर्दैन
सबै परिस्थितिहरूमा एउटै स्थितिमा हुन्छ—
अविचलित, अनियन्त्रित, अस्खलित, अस्पृश्य;
स्वसंस्थितिमा ।

 

Read More From Bizay Sangroula

 

 

 

 

Read More From Offline Thinker: 

 

 

 

Also Read:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *