गजल | मेरो साबुन | Rahoo Law

Rahoo Law

कति भाग्यमानी रैछ तिम्रो अंगमा गढेर आयो
ती अंग अंगको भाषा आज आफैले पढेर आयो ।।।१।।

मलाई हेर्नसम्म पनि मनाही छ ती अंगहरु
तिनै अंगसँग मेरो साबुन आज लडेर आयो ।।।२।।

कान्छी कति न्याना रहेछन् है तिम्रा अंगहरु पनि
जाँदा राम्रै थियो उ आउँदा कसरी डढेर आयो ।।।३।।

आँखाले नियाल्दा मात्रै पनि गाली गर्छौ मलाई त
स्वतन्त्र रुपमा ती विशाल पहाडहरु चढेर आयो ।।।४।।

तिमीसंग बाथरुम छिर्दा सामान्य थियो इज्जत
तिमीसँगै निस्किदा उसको इज्जत बढेर आयो ।।।।५।।

 

 

Read More From Rahoo Law:

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *