प्रश्न | YP Junior | Nepali Poem

Yp Junior

उडिरहेका छन् ती लाखौं सपना
जसको कुनै मोड छैन्
मुर्छा परेको मान्छेले
सोच्दैछ मेरा सपना तुहिएको छ
हिनता बोध गर्दा गर्दै
मरणसम्म पुगेको त्यो प्रतिगामी
सोच्छ अनि कराउछ

हरेक सम्बन्धभित्र स्वार्थ
हरेक मित्रताभित्र शत्रुता
राजनीतिभित्र अभद्र वेस्यावृति
अनि तिमीभित्र के?

प्रतिउत्तर केवल
एक बाधक चिन्ह
तिमीभित्र म
मभित्र तिमी
अपवाद हो।

प्रश्नले केवल एक उत्तर
को स्रोत दिलाएछ
वास्तविकता त
वाक्यले बोकेको थियो

मरणसम्मको गन्तव्यले
मोडलाई स्थगित गर्ने गर्छ
मोडलाई संघर्षले बेरेर
गन्तव्यलाई हेपेको छ।

पैसाको सम्बन्ध केवल पैसासम्म
इज्जतको सम्बन्ध केवल इज्जतसम्म
छिटो कुद्दैमा यहाँ बाख्रो मृग बन्दैन
स्याल कराउदैमा जङ्गलको सेर बन्दैन।

 

Read More From Yp Junior:

शून्यदेखि शून्यतासम्मको जीवन | Yp Junior | Nepali Poem

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *