क बाट कलम ! Janak Karki | Offline Thinker

Janak Karki

क बाट  कलम !

कलमको मुख्य प्रयोजन लेख्ने हो। हुन त आजभोलि कलमले भन्दा कि- बोर्ड र मोबाइलको कि-प्याडले लेखिन्छ। तर जेले लेखे पनि कलमले नै लेखेको जस्तो लाग्छ।कम्तिमा हाम्रो जेनेरेसन सम्मलाई। कहिलेकाही म घोत्लिएर कलमले लेख्ने बाहेक अरू के काम गर्छ त भनेर सोच्ने गर्छु। अनि झल्यास्स सम्झन्छु ,कलमका अन्य काम।
कलम कहिलेकाही दिक्क लाग्दा वा बडो बुद्धिजीवी हो भनेर देखाउन टोक्ने गरिन्छ।कहिलेकाही कान चिलायो भने कलमले कोतार्ने पनि गरिन्छ। अझ कुरा गर्दा कस्तो फोहोरी कुरा गरेको भन्ने लाग्ला कलमले नाकमा  जमेर बसेको लोप्रा पनि निकाल्छन ।
मैले त गरिन, कसैले गरेको देखेको! हाम्रा दिदीबहिनीको कुरा गर्ने हो भने उहाँहरूको लामो बाललाई कहिलेकाही यसैले बाँधेर राख्नुहुन्छ। हेर्नुस सुरवालको इजार फुस्कियो भने पनि कलममा इजार बाधेर बनाउन सजिलो हुने रहेछ। यस्तो गरेकालाई याद आइसक्यो होला।
कलमले कहिलेकाहीँ अझ विशेष मसी भर्ने फाउन्टेन पेन वा चाइनिज पेन भन्छन्।त्यस्तो पेनले दुश्मनी निकाल्न पनि मद्धत पुर्याउछ। रिस उठेको मान्छेको शर्टमा पछाडिबाट मसी छ्याप्नुस, सार्‍है आनन्द महशुस हुन्छ।
कहिलेकाहीँ दिदीबहिनीहरूले यसलाई सुरक्षा कवचको रूपमा पनि प्रयोग गर्न सक्छ्न् । बसमा यात्रा गर्दा होस् वा भिडभाडमा प्रायः नारीहरू यौन दुर्व्यवहारमा परेका हुन्छ्न् । यस्तो बेला कलमलाई हतियार बनाएर बेस्सरी घोच्दिन पर्छ, ऐया भन्दै सातो जान्छ त्यो पिपासुको !
मान्छेको काम नभएपछि के के लेख्न आउने अनि फुर्सदिलाहरूलाई फेरि के के पढ्न मनलाग्ने। जे होस कलम हतियार भन्दा बलियो हुन्छ भनेको सुनेको थिएँ । मैले प्रयोग गर्न भनेर खुकुरी निकालेर कलमलाई एक ठ्याकमै ढालेको थिएँ, त्यो दिन बाले एक झापड हानेपछी; फेरि कलमलाई बलि चढाइन।
जय कलम।
जनक कार्की
तानसेन ,  पाल्पा ।
जनक कार्कीका अन्य लेखहरु पढ्नुहोस्-

परम्परागत  तराजुलाई डिजिटल तराजुले ओझेल पारिसक्यो 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *