गजल | अंकर अन्जान सहयात्री

अंकर अन्जान

गजल
छोरीलाई फरिया श्रीमतीलाई, सारी चाहिन्छ!
जसरी अन्न राख्न सबैलाई, भकारी चाहिन्छ!

सम्झाइ दिनुपर्छ अब छोरी, फाल्नेहरुलाई,
भोलि छोरा जन्माउन त्यही, नारी चाहिन्छ!

नसोध्नुहोस् बृद्ध बा-आमालाई, के चाहिन्छ,
थाहैछ भोलि छोरा चाहिन्छ, बुहारी चाहिन्छ!

सानैबाट छोरीहरुलाई, सिकाइ दिनुहोस अब,
घर-गृहस्थी सम्हाल्न छोरी, कमारी चाहिन्छ!

दिदी बहिनी छोरी नचिन्ने, बलात्कारीहरुलाई,
बेलाबखत गाउँ-घरतिर, खबरदारी चाहिन्छ!

अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-८
जबलपुर, कैलाली

 

 

Also Read:

म र मेराे सारङ्गी | Nepali Poem by Moti Ratna

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *