हाम्रा गुरु, शिक्षा को दियो बालेर,
हाम्रो मनमा, सपनाको उज्यालो भरेर।
राणाकालको अँध्यारो, तपाईंले चिर्नुभयो,
पञ्चायतको बन्देज, ज्ञानले जित्नुभयो।
तर आज सडकमा, गुरु रोइरहनुभएको छ,
नेता सत्ताको महलमा, लुकेर हाँसिरहेको छ।
हाम्रा गुरु, स्थायी नियुक्तिको माग लिएर,
पेंशन र सम्मान, हकको आशा बोकेर।
हामीलाई पढाउँदा, आँखामा उज्यालो थियो,
तर आज सडकमा, आँसुको ताल छ।
हाम्रो भविष्य, तपाईंको पसिनाले सजिएको,
यो देश, तपाईंको त्यागले बनेको।
गंगा किनारको स्कुल, तपाईंको माया,
हिमालको काखमा, तपाईंको साया।
तर चौरमा आज, तपाईंको चित्कार,
हाम्रो मन रुन्छ, सुन्दा यो पुकार।
नेता सत्ताको मस्तिमा, तपाईंको दुख देख्दैन,
हाम्रा गुरुको आँसु, उसले कहिल्यै बुझ्दैन।
हाम्रा गुरु, देशको आधार तपाईं,
हाम्रो भविष्य, तपाईंको त्यागमा अडिएको छ।
हामी विद्यार्थी, तपाईंको मायाले बाँच्ने,
तपाईंको न्यायको लागि, सधैं साथ दिने।
हाम्रो एकताले, अन्याय हट्नेछ,
गुरुको सम्मान, फेरि फुल्नेछ।
Read More From Abin Thatal:
क बाट कलम ! जनक कार्की | Offline Thinker
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com