भर्खरै फुल्दै गरेको कोपिला
किन देख्दैनौ तिमी
एक हातमा चिउरा बोकि भोटो र कट्टु लगाइ
नाकबाट बाक्लो पानी बोकेर
हुर्कदै गरेको मानवीय बोट
किन देख्दैनौ तिमी उसलाई
जो आफू आफू नभएर तिमी भइ दिन्छ ।
खोसेलामा भरिएका सुर्तीको धुलोले डडेको मजेत्रो
ओडि आमा छोरोलाई पर्खेको
किन देख्दैनौ तिमी
माटोलाई माटो किन देख्दैनौ तिमी
बाटोलाई बाटो किन देख्दैनौ तिमी
मान्छेलाई मान्छे किन देख्दैनौ तिमी
ढुङालाई देउता किन भन्छौ तिमी
सपना देख्नेको सपना किन देख्दैनौ तिमि
झुप्रोमा बस्नेले तिम्रो घर बचाइ रहेछ
किन देख्दैनौ तिमी
पहाडमा बस्ती हराएको किन देख्दैनौ तिमी
समतलमा उब्जने बाली हराएको किन देख्दैनौ तिमी
आफ्नै कोख बाट रगताम्य भइ निकालेको सन्तान
काध भाची भाची बाउले
अन्य देशलाई आखी पोखरी बगाइ सुम्पेको
किन देख्दैनौ तिमी
तिमीले बिचमा कोट लगाएर हिडडै गर्दा
छेउ छाउमा भोटो लगाउन पनि अभाव भएको
किन देख्दैनौ तिमी
बिहान बेलुकी छाक टार्न शरीर जोत्दा जोत्दै
हाड खिएको किन देख्दैनौ तिमी
कारखानामा लेउ लागेको किन देख्दैनौ तिमी
त्रि विमान स्थल आँसुले भिजेको किन देख्दैनौ
आफ्नो हक पाउन बोलेका नागरिकले तिमी बस्ने घरै अगाडि गोलि खादा किन देख्दैनौ तिमी
छातीमा अनेकौ नारा टासेर हिडेको किन देख्दैनौ तिमी
तीन तिर तीन जना बसेर बाढ्दै खाएको के देखेन भन्ठान्छौ क्या हो तिमी ?
-Nepali Poem by Abin Thatal
Read More From Abin Thatal:
क बाट कलम ! जनक कार्की | Offline Thinker
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com