Nepali Poem | हे काठमाडौं | Abin Thatal

kathmandu Abin Thatal nepali poem

हे काठमाडौं,
म तिम्रो शहरमा एक्लो भइसकेछु ।

कयौं छन् यो बिरानो शहरमा रहरलाई कहर बनाइ टहरको छायामा लुक्न आउनेहरु…
अनेक चोक छन् तिमीसँग,
अनि चोक चोकमा भौतारिएका भोक छ्न् तिमीसँग, कतै सपनाको पाना पल्टाउने भोक ,
कतै यो इतिहासको दृश्य हेर्नेको भोक,
कतै यी पापी कहलाउँदा पेटको भोक,
कतै देश छोड्नेको भोक,

अनि कतै सानो मुस्कान सहित गोलो गोलो तातो तातो म:मको भोक।

हे काठमाडौं,
म तिम्रो शहरमा एक्लो भइसकेछु ।

गल्लीहरु साघुरा छन् तिम्रा शहरमा…
गल्लाहरु फराकिला छन् तिम्रा शहरमा,
आफ्नाहरु पनि बिराना भइदिन्छ्न् तिम्रा शहरमा, बिरानाहरु पनि आफ्ना भैदिन्छ्न् तिम्रा शहरमा,
सपना बोकेर आएकाहरु सपना त्यागी लास बनाइ बागमतीमा बगाउछ्न् तिम्रो शहरमा….
मस्तिष्कहरुको भीड छन् तिम्रो शहरमा
अनि
मस्तिष्कघात भएर फर्किनेको भिड छन् तिम्रो शहरमा।

हे काठमाडौं,
म तिम्रो शहरमा एक्लो भइसकेछु ।

कतै सानो संसार बसाएर बसेका छन् तिम्रो शहरमा,
कतै संसार नै आफ्नो बनाएर बसेका छन् यहाँ..तिम्रो शहरमा,
म पनि आए मेरा रहर, सपना र संसार कमाउन
तर
हे काठमाडौं,
म तिम्रो शहरमा एक्लो भइ सकेछु ।
सुन्दै छौ?…सुन्दै छौ नि काठमाडौं??
सुन है..
म तिम्रो शहरमा एक्लो भइसकेछु । ।

-Nepali Poem by Abin Thatal

 

 

Read More Nepali Poem:

क बाट कलम ! जनक कार्की | Offline Thinker

You may also like:

 

 

प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *