कति चढ्छन् सधैं नेता करोडौंको गाडी
देशका जनता जति सबै लागे जान खाडी ।
देशको विकास हुन कहिले सकेन केही पनि
जनता सबै गरिब नेता हुदै गए धनी ।
भ्रष्टाचार बढ्दै गयो दिन प्रति दिन
प्रत्येक व्यक्ति प्रति पुग्न थाल्यो दुईचार लाख ऋण ।
कति बढ्छ गरिबी देशभित्र दिन प्रति दिन
पासपोर्ट बनाउने पैसा पनि खोज्नु पर्छ ऋण ।
कति चढ्छन् अझै नेता करोडौंको गाडी
हजारौं सपना देखि जानू पर्छ खाडी ।
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments