Nepali Poem | शिक्षकप्रति विद्यार्थीको माया, आन्दोलनको आँसु | Sajan Bhandari
हाम्रा गुरु, शिक्षा को दियो बालेर, हाम्रो मनमा, सपनाको उज्यालो भरेर। राणाकालको अँध्यारो, तपाईंले चिर्नुभयो, पञ्चायतको बन्देज, ज्ञानले जित्नुभयो। तर आज सडकमा, गुरु रोइरहनुभएको छ, नेता सत्ताको महलमा, लुकेर हाँसिरहेको छ। हाम्रा गुरु, स्थायी नियुक्तिको माग लिएर, पेंशन र सम्मान, हकको आशा बोकेर। हामीलाई पढाउँदा, आँखामा उज्यालो थियो, तर आज सडकमा, आँसुको ताल […]

