Nepali Poem | आग्रह | Sudarshan Poudel

Sudarshan Poudel

भरे साँझ भेटौँ चौतारीमा
म कोसेली सपना बोकी आउँछु
काँध मेरो सिरानी होस् तिम्रो
तिम्रै लागि म मेरो गीत गाउँछु

घाम लागे पानी परे
पछ्यौरी ओत लगाईदिनु
समय रोकियोस् एकै ठाउँमा
मेरो ओठमा तिमी ओठ लगाइदिनु

कहिलेकाहीँ लाग्छ
यसरी हामी फसौँ
दुनियाँ हाम्रो कुरा गरोस्
हामी हाम्रो गरी बसौँ

तिम्रा यादहरू सिफारिस बोकी आउन्
म मेरा स्मृतिको अभिलेखहरू पल्टाएर
तिम्रो यादका डोबहरू देखाउनेछु
बस्! यति सपना मेरो
बस्! यति आग्रह मेरो

 

 

Read More From Sudarshan Poudel:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at conn

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *