कुनै समय थियो
मैले लेख्न छोडिसकेकको थिए
आँखा त थिए मेरा
तर देख्न छाडिसकेको थिए
म सायद बिलाई जान्थें होला हावा सँगै
बाँकी हुँदै थिएन मेरो अस्तित्व कतै
हो
त्यही समयमा भेटेको थियो मैले एउटा कविता
“मैले लेख्न नसकेको कविता”
त्यही कविता जस्ले
जस्तै जन्म दियो थुप्रै कविताहरू
जसमा
जसमा छन धेरै शब्दहरु अनि भाव लुकेका
अनगिन्ती सपना अनि ख्वाव लुकेका
यो कविता आफैँमा उपन्यास भन्दा कम छैन
त्यो कविता कुनै बिश्वाश भन्दा कम छैन
साँच्चै रमाइलो अनौठो र
अचम्मको छ त्यो कविता
हर्ष छ उल्लास छ
आफ्नो पनको आवासका
साँच्चै राम्रो छ त्यो कविता
“मैले लेख्न नसकेको कविता”
त्यही कविता जस्तो मलाई कवि बनायो
तर कुनै अफसोच छैन चाहेर पनि
लेख्न सकिन त्यो त कविता
किन कि
लेख्न नसकिने त्यो मेरो आफ्नै कविता हो
मेरो जीवनको निकै प्रिय कविता
हुनेछ सधैं मेरो नजिक
हरदम हरपल
हरेक पाइलाहरुमा
मेरो जीवनको सबैभन्दा उत्कृष्ट कविता
“मैले लेख्न नसकेको कविता”
Read More Nepali Poem at Prabhat Paudyal :
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments