मुक्तक दोहोरी अम्बिका पौडेल (सिन्धुली ) र राहुल (गुल्मी ) बिचमा २०७७ भाद्र २० मा चलेको …
१.
राहुल ::::
तिम्रो बा आमाको ज्वाइँ बन्न मन छ
ससुराली जाने बाटो खन्न मन छ
तिमीभन्दा सुन्दर रैछ तिम्रो बैनी
त्यो सुन्दरीलाई साली भन्न मन छ
२.
अम्बिका ::::
मेरा बा आमालाई नि मनाउछौ तिमी
आफैले खन्छौ कि बाटो खनाउछौ तिमी
माया गर्छु भन्छौ तर मन बैनीमा छ
आफ्नो चाहिं म कि साली बनाउछौ तिमी
३.
राहुल ::::
साली सुन्दर भए ससुराली जान मन लाग्छ
तिम्रो हातको मीठो खाना सधै खान मन लाग्छ
बा आमालाई आफै मनाउँला तिमी हुन्छ भन
दिए मागि नदिए तिम्लाई भगाइ लान लाग्छ
४.
अम्बिका ::::
कायरजस्तो कुरा नगर तिमी भाग्न हुँदैन
बाआमाले देखाएभन्दा अर्को बाटो लाग्न हुन्न
सबै कुरा भनेपछि मान्न हुन्छ आमा बाबा नि
दुबै परिवारबाट पाको माया त्याग्न हुँदैन
५.
राहुल ::::
माया मार्न सक्छौ कि त बाटो भुल्न पर्छ नत्र
जिन्दगीभर अर्कैको अंगालोमा फुल्न पर्छ नत्र
मानेसम्म बाआमा फकाउने कोसिस गरौँ
मन दिई यता अर्कैतिर डुल्न पर्छ नत्र
६.
अम्बिका ::::
बाचाकसम भुली हामी पछि सर्न हुँदैन
तिमी अनि म छुट्टै अंगालोमा पर्न हुँदैन
मानव नै हो उहाँहरू नि बुझ्नसक्नु हुन्छ
पराईसँग नाता गास्ने काम गर्न हुँदैन
७.
राहुल ::::
मैले कहाँ भुलेको छु र
अन्त कता फुलेको छु र
तिमीले पनि सम्झिराख्नु
तिमी छोडी डुलेको छु र ???
८.
अम्बिका ::::
मेरो चित्त दुखाएर नभुल्नु है कहिलै पनि
डाहा हुन्छ यता अन्त नफुल्नु है कहिलै पनि
मलाई त सधैँ तिम्रो बानी बोली यादगार छ
अन्त अन्तै भमराझैं नडुल्नु है कहिलै पनि
९.
राहुल
मनभरिको माया दिनुपर्छ अन्त किन डुल्छु र
त्यो अंगालोमा फुलाउन सके अन्त किन फुल्छु र
दुनियाँ बिर्सने गरि माया दिन सक्नुपर्छ काली
आफ्नै मनको प्यारि मान्छे छोडी अन्त किन भुल्छु र
१०.
अम्बिका ::::
मन दिई तिमीलाई धेरै माया गरेको छु
थाछैन र म पनि त तिम्रै भर परेको छु
दिएको छु नि माया तिम्लाई दिन्छु अझै धेरै
तिमी टाढा नजाउ भनी नजिक सरेको छु
११.
राहुल ::::
फोटोमा त गोरी देख्छु कतै तिमी काली छौ कि
माया गर्न मन लाग्छ कतै तिमी खाली छौ कि
बोल्दा बोल्दै तिमीसँग प्यार हुन्छ कि त कान्छी
मीठो बोल्छौ डर लाग्छ कतै तिमी जाली छौ कि
१२.
अम्बिका ::::
तस्बिरमा हेर्दा राम्रो लागेको मान्छे त काली नै छु
मनैबाट साँचो माया गर्छौ भने त म खाली नै छु
जसले जस्तो व्यवहार गर्छ म नि त्यस्तै गर्दिने हो
जाली व्यवहार गर्नेसँग थोरै त म जाली नै छु
१३.
राहुल ::::
हल्का काली पनि राम्रो हुन्छ
सिर खाली पनि राम्रो हुन्छ
सोझो त छु नि चाहिने जति
बुढी जाली पनि राम्रो हुन्छ
१४.
अम्बिका ::::
सधैंभरी काली हुँदा राम्रो हुँदैन रे
यो शिर नि खाली हुँदा राम्रो हुँदैन रे
फाइदा पो उठाउछु की सोझोपनको
श्रीमती नै जाली हुँदा राम्रो हुँदैन रे
१५.
राहुल ::::
त्यही खाली शिर त भर्न खोजेको
सोझोपनको बिज छर्न खोजेको
आनन्द लाग्छ तिमीबाट लुटिँदा
जालीको नै त भर पर्न खोजेको
१६.
अम्बिका ::::
खुसी बनाउ जीन्दगी यो शुन्य नपार
भोलि सबैले यस्तो उस्तो भन्ने नपार
मलाई सातै जुनि तिम्रै बन्ने मन छ
आकाश हेरी जुन तारा गन्ने नपार
१७.
राहुल ::::
संगै जीवन काट्छु भनेकै छु
मन र मुटु साट्छु भनेकै छु
के भन्दा तिमी बिस्वास गर्छौ नि
परे जस्तो नि आट्छु भनेकै छु
१८.
अम्बिका ::::
मलाई पनि सँगै जीवन काट्ने चाहिएको
मसँग मात्रै मन र मुटु साट्ने चाहिएको
शायद अब बिश्वास दिलाई सक्यौ सानु
परिस्थिति अनुरूप नै आँट्ने चाहिएको।।
१९.
राहुल ::::
सँगै बाचौंला र सँगै मरौँला कान्छु
शिर तिम्रो यो हातले भरौँला कान्छु
मलाई पनि नजिक हुन मन छ
नम्बर दिनु है फोन गरौंला कान्छु
२०.
अम्बिका ::::
मर्ने कुरा नगर न हाँसी खुसी बाँच्नपर्छ
दुनियाँ लट्ठैपार्ने चोखो माया गास्नपर्छ
कस्ती हुम्ला सिन्दुरले सिउँदो सजाउँदा
रूम्ला सँगै दुःख परे सुखमा नि हाँस्नपर्छ
२१.
राहुल ::::
तिमीसँगै जिन्दगी यो कटाउन मन छ
आफूलाई तिमीभित्रै अटाउन मन छ
माया गर्छौ साँच्चै कि त लेख्या मात्रै हौ सानु
तिम्रो मनको ढोका खट्खटाउन मन छ
((कुराको अरु प्रशङ्गमा अम्बिका जी को कुराको उत्तर मुक्तकबाट दिइन्छ।।
तिम्ले लेख राम्रै लाग्छ
जस्तो देख राम्रै लाग्छ
मनको यात्रामा छु म
बाटो छेक राम्रै लाग्छ
जिन्दगीभर यस्तै हास्ने भए
म त तयार माया गास्ने भए
सुन्दर बन्थ्यो मेरो यो जीवन
मायाले त्यो छातिमा टास्ने भए )))
२२.
अम्बिका पौडेल ::::
डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै
धनदौलतमा सम्बन्ध जोखिन्छ कि कतै
गर्न थालेँ साँच्चै माया मनैबाट तिमीलाई
ढकढकाउंदा मनको ढोका भाचिन्छ कि कतै
२३.
राहुल ::::
डराउनु पर्दैन धनले किन्न सक्दैन
तिम्लाई छोडी राहुल अन्तै हिन्न सक्दैन
मनको कुरा पनि किन बुझ्दिनौ र काली
कस्तो मन हो साँचो यो माया चिन्न सक्दैन
((कुराको अरु प्रशङ्गमा अम्बिका जी को कुराको उत्तर मुक्तकबाट दिइन्छ।।
जिन्दगीभर जिताउन मन छ
तिम्रै साथमा बिताउन मन छ
किन यति छिटो हारें भन्छौ काली
तिम्रो असल चिताउन मन छ ))
२४.
अम्बिका पौडेल ::::
सधैंभरी यसरी नै जिताउदै जाउ
प्राणप्रिय भइ जीवन बिताउदै जाउ
तिम्ले सपोर्ट गरे संसार जित्न सक्छु
हरेक पलमा मेरो भलो चिताउंदै जाउ
२५.
राहुल ::::
साथ दिए संसार सजिलै जिताउँला नि
तिम्रो साथमा सँगै जीवन बिताउँला नि
मेरो साथ सधै तिमीलाई छ र हुनेछ
एकले अर्काको भलो सधै चिताउँला नि
(( कुराको अरु प्रशङ्गमा अम्बिका जी को कुराको उत्तर मुक्तकबाट दिइन्छ
नजिक हुने कसरी होला
त्यो मन छुने कसरी होला
नम्बर दिनु भएन क्यारे
दुःखमा रुने कसरी होला
फोनमा भन्न पाइयोस छिटो
भेट्न भनेर धाइयोस छिटो
आफ्नै सम्झेको छु मैले तिम्लाई
सँगै खाना खाइयोस् छिटो ))))
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

