आज मन रमेको छ | कविता | Ina Basnet [Offline Thinker]

-Ina Basnet

यो एकान्त कुना जुनेली रात आज मन रमेको छ

शितल हावा मीठो आभाष यसैमा मन झुमेको छ
छाना बन्यो आकाश पाउँ जमिनमा मन दङ्ग परेको छ
लाग्छ आज शीत बनिकन अमृत नै झरेको छ
मन भित्र हल्चल नौलो प्रकृति सुन्दर बनेको छ
मुटुले आज सबै दुःख पीडा भुलिदेउँ  भनेको छ
हो कि प्रभाव प्रकृतिको जीवन नै सुन्दर लाग्दै छ
एकाएक आज एक्लोपनका भावना मनबाट भाग्दै छ
आज थाहा भयो प्रकृतिसँगै रम्न सकिने रहेछ
प्रकृतिसँगै रमेर होला आज संसार विरानो भएछ
यदि एक्लोपनले सताए साथी प्रकृति भेटन आउनु है
अमर मित्रताको खोजी भए प्रकृतिसँग मित्रताको साईनो लाउनु है ।

Read More From Ina

सुन तिमी ‌मेरो हौ | कविता | इना बस्नेत -Offline Thinker

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *