हृदयको कुनाकाप्च्चामा कोतर्दै
बढो सतर्कताका साथ सुरुङ निर्माण गरेर
यी याद मुसाहरू जस्तै आउँछ्न् ।
काटिदिन्छन्
दराजमा सम्हालिराखेको
तिम्रो अन्तिम उपहार स्वरूप पाएको
बैजेनी टिशर्ट
छिरलिदिन्छन्
तिमीलाई मनपर्ने चटपटे बनाउन भिजाएका चानामटर
यादका मुसाहरू
कहिलेकाही त ओछ्यानमा मै आइ कोट्ट्याउँछन्
जसरी तिमीले कोट्याउथ्यौ
विहान अबेरसम्म सुत्दा ।
हुरूरूरू आउने मुसा जस्तै यादलाई रोक्न
विरालाको सेना पनि खडा गरेँ
तर,
बिरालोको सेना भिक्षु बनिसकेछन्
मेरो हृदय जस्तै !
Read More From Janak Karki:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

