Nepali Poem | जय श्री किस्ने | Sudarshan Poudel

Sudarshan Poudel

अभावको अतिवृष्टिले
नपखालियोस् भनेर
खुसी!
ऋणै ऋणको चट्याङबाट
नभत्कियोस भनेर
सपना !
आफ्नो एक धुरी मथुरा
जोगाउन
उचालिरहेछ किस्ने
त्यो सङ्घर्षको गोवर्धन

जीवनको कुरूक्षेत्रमा
नैतिकताहिन नियतिको अगाडि
लाचार
आफ्नै आत्मामा प्राण फुक्दै
किस्ने
देखाउदैछ सहनशीलताको अवशेषहरू

तिलस्मी पाखुराहरू
बालुवा सागरको तटमा
चलाइरहेछन् चमत्कारी बेल्चाहरू
बनाउदैछ किस्ने सायद आफ्नो
सपनाको द्वारिका

 

Read More From Sudarshan Poudel:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *