सुनपानी | Jiban Shahi “यायावर जि”
खाडल….
धेरै धेरै माथि
आकाश ढाकिंदा
कालो बादल कराएर
बेस्सरी रोएर
धर्तिमा खसेका
करोडौं पानीका थोपाहरुले
कोमल धर्तीको छातिमा
साना साना असंख्य
छिद्रहरु पर्छन
र फेरि पुरिन्छ्न…..
तर
धेरै धेरै माथी
बर्षौ पुरानो
प्रीय आत्मीय
आफू बसेको न्यानो
धरातल छोडेर
तिमी उडेर जाँदा
यो मुटु नामको धर्तिमा
एउटै ठूलो खाडल परेछ
जुन भयानक छ
पिडादायि छ
निर्दयी छ
र थाहा छैन
कहिले पुरिन्छ ।।।।
-हाईकु ! Jivan Shahi
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

