बा ले चुनाब
घोषणा गर्नु भएछ
म चुनाबमा आउँछु
र बा लाई जिताउँछु
एक भोट
एक भ्याक्सिन
दिन्छु भन्नुभएको छ
अझ बा ले त
आफ्ना मान्छेलाई
भोट हाल्यौ भने
देश कायापलट हुन्छ
भन्नुभएको छ
मलाई सधैजस्तै
चुनाब खर्च र खानपिन
व्यवस्था गरिदिन्छु
भन्नुभएको छ
छोरालाई जागिर
विरामी श्रीमतीको
निस्शुल्क उपचार
र वृद्ध बाआमाको
भत्ता बढाइदिन्छु
भन्नुभएको छ
छिमेकी कोरोनाले
मरोस कि बाँचोस्
देशले हारोस् कि जितोस्
संविधान मिचियोस् कि थिचियोस्
बस
बा र बा का मान्छेले जित्नुपर्छ
त्यसैले म चुनावमा आउँछु
र बा लाई जिताउँछु ।।।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

