म रुँदै छु | Nepali Poem

म रुँदै छु

म रुँदै छु

म रुँदै छु
म कराउँदै छु
म हाँस्दै छु
म चिच्याउँदै छु
म रमाउँदै छु
म दुःखी हुँदै छु

म आफूलाई चिन्दैछु
म भित्रको मसित मित्रता बढाउँदै छु
अडिग भएर सोच्दै छु
कल्पनामा डुब्दै छु

दोभानमा आएको बाढी झै
आएको त्यो पललाई
दुःखमा परिणत गर्दै छु
अपत्यारिलो क्षणलाई
सम्झिदै हाँस्दै छु

मनका ती भावनालाई
कलमको टुप्पोबाट निकाल्दै छु
आँखाबाट आँसु तप्प-तप्प
कागजमा झार्दैछु

बिर्सदै छु
रमाउन चाहदैछु
त्यो पललाई केवल
एक सपना मान्ने
कोसिस गर्दै छु

Also Read:


Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *