स्वर्गद्वारी
हाम्रो देश नेपालको सुन्दरता र छ गरिमामय
स्वर्गद्वारी छ जादुले बनाईदिने मन मोहमय
त्यो पहिलो किरणको साथ पहेँलपुर हिमाल
त्यो शीतल पानी, खेलिरहँदो खोलाको छाल
एक प्ररेणादायी सत्यतथ्य कहानी छ यसमा
हजुरबुवाआमाले सुनाउने संस्कृतिको भेषमा
यताहेर्यो ब्राह्मण होम गर्दै उता पूजापाठ गर्दै
गाँउवासी भने पर्यटकको स्वागतसत्कार गर्दै
हेर्दा आँखा तिरमिराउँछ, त्यहाँबाटको दृश्य
सफा स्वच्छ हावा त्यहाँको सत्य छ स्वर्गीय
पौराणिक गुफा अनि बस्नुहुन्थ्यो रे बाबाजी
धर्मधर्मात्माको पनि पुण्य पाउने ठाउँ हो नि
मन्दिर अलिपर जाँदा, गौमाताको हुन्छ दर्शन
औँशीमा नुन खुवाउँदा, हुन्छ रे पवित्र मन
बयान गरि नसिद्धिने, यस्तो रमणीय ठाँउ
स्वर्गको ढोका खोलिदिने स्वर्गद्वारी नाउँ
Contestant of ‘Nepal Travel Diaries Writing Competition’ organized by Offline Thinker
Written by Hritika Rawat
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments