के लेखौँ म | Muskan Pandey
के लेखौँ म त्यस्तो जसले,
टुटेको मुटु पनि मुस्कुराउन सकोस्!
के लेखौँ म त्यस्तो जसले,
मनमा दबिएका भावनाहरु भुलाउन सकोस्!
के भनौँ म त्यस्तो जसले,
कसैको मुटु आर पार गर्न सकोस्!
के लेखौँ म त्यस्तो जस्ले,
मानिसको जीवन पुरै रङ्ग्याउन सकोस्!
के लेखौँ म त्यस्तो जुन सुन्दर कविता बनेर,
सबैको मनमा बस्न सकोस्।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

