तिमी, म, हामी अज्ञात छौ
सादय तिनको देशको परिभाषा बेग्लै छ
म भन्छु कि सायद तिनीहरु जिउदै मरिसके
हुन्छ सर, हस सर, हो म्याडम, भइहाल्छ म्याडम
भन्दा भन्दै तिनले आफ्नो हत्या आफैले गरिसके
तिनको आँखाले हाम्रो रेखा, छिद्रा देख्दैनन्
ती आँखाहरु तृष्णाले गर्दा गढिसके
आफैसँग लड्दा लड्दै ती हाम्रो बुइ चडीसके
समानान्तरका रेखा खिच्न निस्केका
तिनका पुत्ला हाम्रै गल्लीगल्लीमा डढीसके
तिमी अझै अज्ञात छौ
तिम्रो गाउँमा लागेको डढेलो निभ्यो ?
क्रान्तिको स्वेमसेवक तिमी
तिम्रो नाउ आजाद
तिम्रो आलो घाउ सुक्यो ?
अस्तिको भुकम्पले तिम्रो घरलाई कति दुख्यो ?
तिमी, म, हामी अज्ञात छौ
लाल्टिन बालेर होस् वा
टुकीकाे मधुरो उज्यालोमा
कसै गरी देखिदैनौँ
मेरो छोरोले सपनीमा
वायुपंखी घोडा देखे भन्छ
मेरो छिमेकले गमला खन्छ
भन्छ यसमा प्राण राख्छु
जिब्रो पडकाउदै पिरो चाख्छु
खुर्सानीको बोट ,
तिमीले हाल्यौ भोट
मैले पनि हाले भोट
मेरो छिमेकले पनि हाल्यो
हामी सबैले हाल्या भोट
तर तिनको ढाड छोप्ने
कालाे कोटले
देखेन हाम्रो चोट
हरेकका भागमा छ खोट
तर कोहि कोहिकाे हातमा मात्र नोट
हामीले भन्न सकेनौ छोट
त्यसैले मेरो सपना पनि अज्ञात रहन्छ
म भित्रको देहले सब सजिलै सहन्छ
म उमेर नपुगेकाे सवारी चालक
अझै बालक भन्दा हुन मानव अधिकारवादीहरु
र हित गर्ने सङ्ठित सस्थानहरु
मेरो छोरोले सपनीमा
वायुपंखी घोडा देखिसक्यो
तर तिमी, म, हामी अभ्यस्त छौ
कसै गरि देखिदैनौँ
हामी बालबालिकाको कितापमा भेटिदैनाैँ
हामी साहित्यकार बनेनौँ
हामी अर्थशास्त्री बनेनौँ
हामी दार्शनिक हुन सकेनौँ
हामी मानिस बन्ने कोशिश गर्दा गर्दै
अन्धाधुन्द बनेका अज्ञात मानिस
हामीले सुमधुर बग्ने नदिको मीठाे कविता कोरेनौ
गल्ती गरेछौ, हामी मूर्ख रहेछौँ
ती भोलिका कर्णधारका निमित्त पनि
अभ्यसित नै रहनेछौ
तिनीले नदिको कविता पढ्छन्
तिनले चाडबाडका कविता याद गर्छ्न्
तिनले गौरवगाथा कन्ठ पार्छ्न
तिनले दर्शन घोक्छ्न
कुटनितिज्ञहरु हातमा
आँखामा बाधिदिने पट्टि बोक्छ्न्
तिमी, म, हामी अज्ञात रहन्छौँ
तिनलाई बरा के था ,
हामी त्यहि तिनका कितापमा
रहेको सुमधुर कविता नदिको
नलेखिएका, नदेखिएका
गिट्टी कुट्ने मानिस है भन्ने
बरा हामी त्यहि चाडबाड मनाउन रिन काढ्ने
अज्ञात मानिस हौ
हामी त्यहि गौरवगाथा लेख्दा छुटेकाे
क्रान्तिका स्वेमसेवक हौँ
ए ! भोलिका कर्णधारहरु हो
तिमीहरुको देशको परिभाषा कस्तो छ ?
यो देशमा गौरवगाथा सस्तो छ
गुरुले तिमीहरुलाई प्रकृतिका बारेमा मीठाे
कविता लेख्ने गृहकार्य दिनु भयो ?
तिमी, म, हामी अज्ञात छौ
तिमी, म, हामी अज्ञात रहन्छौ ।।
You May Also Like
नवनिर्मित | कविता | Suvash Chaulagain- Offline Thinker
भोलिको निमित्त आज | कविता | सुभाष चौलागाई – [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

