#गजल
उ दिन्छ बरु माया लिन सक्दैन
परिवर्तन हुने कुरा न हो कोहि किन्न सक्दैन
बरु बेरोजगार भत्ता बाँड्छु भन्छ सरकार
युवा स्वरोजगार ल्याउन, अनि दिन सक्दैन
खुशी किन्न भनेर हिनेको छोरो बेखबर छ
असिमित आशा आमाको सकिन सक्दैन
बरु दुखको प्रतियोगिता भैदिए प्रथम हुन्थे म
अविरल बग्दछन आशुहरु किमार्थ रोकिन सक्दैन
एक प्रेमी सोच्दै छ यादका तौल अनि आकारहरु
अनमोल यादका तोलाहरु जोखिन सक्दैन
बरु काँडा भएको भए हुन्थ्यो, फुल भयौ तिमि
काँडा संगै हुन पर्छ गुलाब,जोगिन सक्दैन
#2 गजल
एउटा यस्तो खेल बनाउन मन छ
आफुले कहिल्यै नहार्ने खेल बनाउन मन छ
हुन त दुखि कै घर भत्काउन आउछन भेलहरु
देश बिगार्ने कपुतहरुको मन भत्काउने भेल बनाउन मन छ
यहाँ मृत आत्माहरु रोहि रहेछन न्यायको खोजीमा
कोहि अपराधी उम्कन नसक्ने जेल बनाउन मन छ
सानो जागिर पाउन पनि कयौ परिक्षा पास गर्न पर्ने देशमा
बेआधार नेतृत्व गर्ने नेताहरुलाई फेल गराउन मन छ
हुनत नेताको बोलि उही हो हामी एकीकृत हुन पर्छ
तर आफैमा मिल्न नसक्ने नेताहरुको मेल गराउन मन छ
#3 गजल
ति आशाका त्यन्द्राहरु तिम्रो सहरमा आउछ
ति संघर्सका भोगाईहरु हर प्रहरमा आउछ
हजुरलाई नै खुसि दिन म प्रबासिएको हुँ आमा
एकदिन टाढाको त्यो खुशी हाम्रो घरमा आउछ
मिल्न पर्छ हामी भन्दा खै किन मान्दैनौ तिमी
ति साना किरा,फट्यांग्रा ,कमिला त लहरमा आउछ
उज्यालोमा दियोको के अर्थ अन्धकारमा पो अर्थ
रात पछिको दीन तिनै समयको भरमा आउछ
धैर्यता अलिक पनि गर्न नसक्ने कस्तो अधैर्य हौ तिमि
धर्यता र कर्म पछीको गन्तब्य तिम्रै बगरमा आउछ
जब यादका नदीहरु बग्दछन मेरा मस्तिस्कमा
तब तिम्रा तस्बिरहरु धर्तीमा आउछ,सगरमा आउछ
गजल
दुखको सागरमा डुबेको मनलाई सुखसंग मिलाउन पर्छ
ति टुक्रेका मुटुहरुलाई प्रेमिल धागोले सिलाउन पर्छ
महोदय, भग्नावशेषहरुले थिचेको मन छ मसित त
शान्तिका अवयवहरुले शान्तित्व दिलाउन पर्छ
भत्कीएको चुली मुनि ओत लगाउछिन बुढी आमा
घर फर्कीएर उनीलाई यी ओखति पिलाउन पर्छ
बाध्यता बन्धन र रहरमा फरक हुन्छ महोदय
मिलाएर मिल्छ भने ति सुखहरु मेरै भाग्यमा मिलाउन पर्छ
निभ्न लागेको आगोको अस्तित्व र म उस्त उस्तै हो
बल्दा बल्दै सकिएर आफूमै बिलाउन पर्छ
कविताः “राजनीति र म “
मार्टिन,नेलसन,ओभामा झैँ भासण दिने भएछु
विकाश निर्माण गर्छु भन्दै भोट माग्न हिनेछु
नभन्दै बहुमत मेरै भयो
प्रतिनिधि सभाको सदस्य भएछु
बिस्तारै म सत्तामा गए प्रधानमन्त्रि जस्तो पद पनि पाए
अब त म सरकार भएछु देश हाक्ने हिरो म नै रहेछु
पजेरो चढेर सररर जान्थे बिपक्षि साथीहरुले कति व्यंग्य हान्थे
ब्यंग्यले केहि हुन्न अब त म जनताको आशा रहेछु
नौ महिना भन्दा बढी प्रधानमन्त्रि भएछु
हेर्दा हेर्दै भारतीय प्रमसंग हात मिलाउने हैसियतको भएछु
भारत पछि रास्ट्रपति भेट्न चिन तिर गएछु
सहमति हाम्रो असाध्यै राम्रो सहयोग पाउने भो
बिकाश निर्माण गर्नलाई पैसा पनि आउने भो
इन्डियाबाट अन्न ल्याउने चाइनाबाट तेल
प्रम पद खोस्नालाई भएछ जालझेल
राजिनामा दिने बेला भो हास्ने होकी रुने
संसद भवन मै विरोधाभास मेरा कानले सुने
सोच्दै नसोची ख्याल ख्याल मै आहा म त प्रधान मन्त्रि भएछु
साथीले ओए भनि प्याट्ट पिट्दा हेत्तेरी म त निन्द्रामा रहेछु
धन्यवाद निद्रा तिमीलाई सपना मै भएपनि प्रधान मन्त्रि भएछु
धन्यवाद निद्रा तिमीलाई सपना मै भएपनि प्रधान मन्त्रि भएछु
मान्छे
तिम्रो मेरो उही संसार बाटो अलग कसरी भयो
तिमी र म उही हो मान्छे नाता अलग कसरी भयो
बाटो उही नाता उही भावना मात्र फरक होला
तिमीमा नै मानवता नभए आशाकारी मन कति रोला
जात छ एउटा मानव जाति त्येस्मा पनि के तल माथि
सुख, दुख उही हो सबको महसुस फरक हो है साथी
सान्त्वनाको एकै शब्द महत्वपुर्ण हिरा सरि
एकै शब्द मनमा राखी हास्छन तिनै जीवन भरि
जीवन के हो थाहा छैन भोग्दा थाहा लाग्छ
अरुको सुख देख्दा मात्र पनि दाहा लाग्छ
उत्प्रेरणाका स्रोतहरु किमार्थ नासुकुन
मानवता धड्कियोस मनमनमा कहिल्यै नारुकुन
मन्दिर ठुलो मन नै हो पुजा गर मनले मनलाई
दैवसंग एउटा गुनासो कस्तो आकार दियौ यो जीवनलाई
तिमीमा त प्रेम होला छर माया एक एक गरि
कतै कसै आपत पर्दा चुप नबस नसुने सरि
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com