Nepali Poem | म कवि बन्न चाहन्छु… | Diksha Phuyal

Diksha phuyal Offline Thinker

म अधुरो कथाहरू पूरा गर्न चाहन्छु,

यदि तिमी अन्त्य नभएको सपना हौ भने।

 

म हराएका आवाजहरूलाई पुनः जन्म दिन चाहन्छु,

यदि तिमी मौनताभित्र लुकेको संगीत हौ भने।

 

म समुद्रको छालमा कविता कोर्न चाहन्छु,

यदि तिमी किनार बनी तिनलाई साक्षी बस्छौ भने।

 

म उजाड पहाडहरूमा हरियाली उमार्न चाहन्छु,

यदि तिमी वसन्त बनी बिस्तारै फैलिन सक्छौ भने।

 

म रातलाई चन्द्रमाको गीत सुनाउन चाहन्छु,

यदि तिमी ताराहरू बनी एकसाथ चम्कन सक्छौ भने।

 

म जीवनका हर रंगलाई अक्षरमा सजाउन चाहन्छु,

यदि तिमी क्यानभास बनी धैर्यसाथ उभिन सक्छौ भने।

 

म भावनाहरूलाई अमर बनाउन चाहन्छु,

शब्दहरूलाई जिउँदो बनाउन चाहान्छु,

र समयको गर्भमा आफूलाई छोड्न चाहन्छु,

यदि तिमी जीवनभरि मेरो कलम बन्न सक्छौ भने।

 

किनभने म कवि बन्न चाहन्छु…

 

-Diksha Phuyal

 

Read more Nepali Poem: 

Nepali Poem | न्यायको सौदा | Diksha Phuyal

 

Read More Travel Stories From Offline Thinker:

 

 

Read More Nepali Story at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *