कलाको दृष्टिले हेरे दाग पनि कला बन्छ
विचलन समाप्ति होइन
केही धारणा नमिल्दैमा मिलनमा प्रश्न उठाउनु,
यो ठिक हैन
केही त बहाना होलान् नजिकिने
कहिले तिमी खोज कहिले म खोजुला
आत्मसम्मान र अहंकार बचाउन भावना मार्नु,
यो ठिक हैन
केही गल्ती तिमी स्वीकारिदेउ
केही गल्ती म स्वीकार्छु
निर्दोष बनाएर आफू,समयलाई दोष दिएर टाढिनु,
यो ठिकै हैन
न त प्रेम टुट्छ न त कसैलाई तोड्छ
हामी आफै टुट्छौँ,हामी आफै तोड्छौं
अनि प्रेमलाई दोष दिनु,
यो ठिकै हैन
मर्यादामा सुन्दर देखिन्छ मान्छे तर
किनारा भेट्न नदी कहिलेकाहीँ बाँध फुटाउँछ
प्रेम मर्यादित होस् ,तर नियन्त्रण हुनु
यो ठिक हैन
Read More Poem by Aanchal Adhikari:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments