Nepali Poem | न्यायको सौदा | Diksha Phuyal

Diksha phuyal Offline Thinker

के न्याय खोज्न अदालतकै ढोका ढकढक्याउनु पर्छ?

के सत्य बोल्न दस्तावेजमा हस्ताक्षर नै गर्नुपर्छ?

यदि न्याय सबैको हक हो भने,

आफ्नै हकका लागि कति सम्म लड्नु पर्छ?

 

मैले देखेको छु,

न्यायमुर्तिको हातमा झुन्डिएको तराजु अन्धो छ,

तर किन यो सधैं शक्तिका अघि झुक्छ?

किन दोषी देख्दा देख्दै पनि अदालत मौन बस्छ?

 

यहाँ न्याय खोज्दै अदालतको ढोका सम्म पुग्दा पनि, आवाज शासकको कान सम्म पुग्दैन।

के न्याय नेताको भाषण,

अनि किताबको पानामा मात्र सीमित छ?

 

यदि न्याय पैसाले किनिन्छ भने,

गरिबको सत्यको मूल्य के हो?

किन निर्दोषहरू प्रमाण खोज्दै भौतारिन्छन्

किन दोषीहरू प्रमाण मेटाउँदै हिँड्छन

 

र अन्तिम के न्याय  सौदा नै हो ?

 

– Diksha Phuyal (मिनारी)

 

 

 

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *