बदलिँदो समयसङ्गै,
मन बदलिँदो रहेछ ।
बदलिँदो समयसङ्गै,
वचन बदलिँदो रहेछ ।
बदलिँदो समयसङ्गै,
मित्र शत्रु बन्दा रहेछन् ।
अनि बदलिँदो समयसङ्गै,
शत्रु पनि मित्र बन्दा रहेछन् ।
उजाड र उदास शिशिर पनि,
वसन्त बन्दो रहेछ ।
देख्ने गरेका हर सपना,
लक्ष्य बन्दो रहेछ ।
हरेक चीजले आफ्ना रुप,
फेर्दै जाने रहेछन् ।
निरन्तर बग्ने खोलो पनि,
समुन्द्र बन्दो रहेछ ।
ए मलाई देखेर आज हास्नेहरु हो !
पर्ख,
बदलिँदो समयसङ्गै,
भोलि तिमीहरु बदलिँने छौ ।
म पनि अवश्य बदलिँने छु,
र हास्नेछु तिमीहरुमाथि
त्यसरी नै,
जसरी तिमीहरु आज हासिरहेछौ ।
-Sameer Sapkota Cheetri
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

