Nepali Poem | म | Anushma Dhungel

Nepali Poem Anushma Dhungel
कहिलेकाहीं म पनि कमजोर महसुस गर्छु
संसारसँग लढ्दा लढ्दै थाकिसके पनि ,
थकानमा निश्चल भइ अडिन खोज्दैछु।
म आफूलाई सम्हाल्दैछु!
आफैंसँग गुनासो पोख्दैछु!
कहिलेकाहिँ बाटो बिराएझैं लाग्छ,
खै किन हो,
म आफैसँग डराएँझैं लाग्छ।
मेरो आत्मबल फितलो हुँदैछ ,
म होसमा पनि बेहोस् भइ
अनेकौं बहाना बनाइ,
अभ्यस्त हुँदै छु,
म होस् गुमाउँदै छु !

यो सानी परी आज
जीवनको भार बोक्दा बोक्दै थाकिसकी
उ आफ्नै भारमा भरिँदै छे !
त्यो कोमल मुटुमा प्रहार गरी
अनेकौं जाल बुन्दै छे!
आफूसँग युद्धमा हारे पनि ,
दुनियाँलाई पराजित गर्न खोज्दै छे !
आत्मविश्वासको संगम पार गरी आज
अटुट आँट भर्न खोज्दै छे !
अरुको जीवन सजाउँन ,
आफू मेटिएर
अस्तित्व दाँउमा लगाएर पनि
खुशीको बाकास भर्न
अनेकौं बाहाना बनाउँदै छे।
पल पल हाँसोको ऋण तिर्दै ,
आफू टुटेर पनि अरूलाई जोड्न खोज्दै छे।

म त छोरी हुँ !
आफ्नो गुनासो बिर्से पनि  ,
अरूको ओठमा मुस्कान छर्न कहिले बिर्सिन्न।
आफू तल्लीन भएर पनि
अरूलाई माथि उठाउन कहिले बिर्सिन्न।
आफ्नो जीवन सजाउँन ,
स्वार्थमा रत्तिँदै ,
गलत मार्ग धाउँन आफूलाई प्रेरित गर्दिन।
आफ्नो चित्त बुझाउन,
अरुको भावना म अनदेखा गर्दिन।

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *