चंगा चैट!! | The Kite Runner | Book Review | Khaled Hosseini | Novel

The Kite Runner

दसै भन्नुसाथ मेरो मनमा चंगाको चित्र आउँछ। लामो पुच्छर भएका रंगीविरंगी चंगाहरुको। खुला आकाशमा स्वतन्त्र उड्ने ती कागजका टुक्रा जाबो एउटा धागोको सहारामा बस्छन्। कसैले धागो काटिदिए ‘चंगा चैट!’

चंगा चैट भए के हुन्छ?- यो कुराको चर्चा किताब ‘द काइट रनर’ को समिक्षामा पक्कै भेटिन्छ।

पृष्ठभूमि

‘द काइट रनर’ सन् २००३ मा प्रकाशित किताब हो। यस उपन्यासका लेखक खालिद होसेनी हुन्। ‘द काइट रनर’ अर्थात चंगाको पछाडी दौडिने व्यक्ति। शिर्षकले नै आधा कथा प्रस्ट्याइदिन्छ। खासमा यो कथा दुई साथीबीचको मार्मिक कथा हो। अफगानिस्तानको एक घरमा घटेको घटनाले कसरी घृणा र दुस्मनीमा सुरुवात हुन्छ, साथीभाइबीच के कारण मनमुटाव आउछ, माया र द्वेष कसरी उब्जिन्छ? यिनै प्रश्नको उत्तरले भरिएको यो किताबको अन्तर्राष्ट्रिय बजारमा निकै प्रसंशा पाइन्छ।

 

उपन्यासमा के छ?

किताबमा दुई पात्रको चर्चा बढी छ। आमिर र हसानको। काबुलमा बस्ने यी दुई केटाहरू बच्चैदेखिका साथी हुन्। तर आमिर घरको मालिकका छोरा हुन् र हसान उनको नोकर। बालापनमा के जमिनदार, के नोकर! दुवै एकअर्काका सहपाठी थिए। खेल्नदेखि खाना दुवै साथसाथ गर्ने। कथा अनुसार आमिरले हरेक वर्ष चंचा उडाउने प्रतियोगितामा भाग लिन्छ। यो प्रतियोगितामा जित्नु भनेको ऊ आफ्नो बुवाको नजरमा योग्य छोरा हुनु हो। त्यसैले आमिर आफ्नो सबै जस लगाएर प्रतियोगितामा भाग लिन्छ। अठोटले लागिपरेका उनी सबै चंगा काट्न लागि पर्छन्। भाग्यले साथ दिएरै होला उनले आकाशको अन्तिम चंगालाई नि सजिलै काटिदिन्छ।

प्रतियोगितामा ठूलो जित तब हुन्छ जब काटिएको चंगा विजयलाई पाउछ। साथीको जित भव्य बनाउन हसान काटिएको चंगाको बेगसँगै खोजीमा लाग्छ। तर सो चंगाको कटाइसँग यी दुईको मित्रताले अर्कै मोड लिन लागेको थियो। उनीहरुको जीवन यसरी परिवर्तन हुन पुग्छ कि दुई अब कहिले भट्न पाउने छैनन्। अर्को कुरा यी दुई छुटिनुमा आमिरको पनि गल्ति थियो। गल्ति र पश्चातापले पिरोलिएको आमिर हुर्किएर पनि सुखी हुन सक्दैन्। आफ्नो गल्ती सच्याउने धोकोले ऊ युद्धग्रस्त अफ्गानिसतान फेरि फर्किन्छ। यो उपन्यास यहि यात्राको सेरोफिरोमा घुम्छ।

मार्मिक र उत्कृष्ट लेखाई

३७१ पेज लामो किताब ‘द काइट रनर’मा लेखक खालिद होसेनीको युद्धप्रतिको दृष्टिकोण स्पष्ट देखिन्छ। युद्धले व्यक्तिको जीवनमा पार्ने असर र युद्धको वेतिथिलाई लेखक खालिदले सरल एवम् सटिक रूपमा व्यक्त गरेका छन्। पाठकले पढ्दै गर्दा आफै त्यो क्षणको अनुभव गरेको महसुस हुन्छ। हरफ पिछैको क्रमबद्ध घटनाको विस्तृत विवरणले उपन्यासमा सास भरिदिएको छ। एउटा पाठकको नाताले हेर्दा कथा सामान्य लाग्ला तर यसको गहिराइ यसको लेखाइमा झल्किन्छ।

उपन्यासमा एउटा वाक्य छ-

“मेरो शरीर भाँचिएको थियो—कति नराम्रोसँग मैले पछिसम्म पत्ता लगाउन सक्दिन—तर मैले निको भएको महसुस गरें। आखिर निको भयो । म हाँसे।”

यस वाक्यमा लेखकको कसरी विगतका पीडा समयसँग परिवर्तन हुन्छ भनेर भन्छन्। उपन्यासमा लेखकले डर, गल्ती, पछुतो, मोक्ष जस्ता जीवन दर्शनका विभिन्न पाटालाई अक्षरमा रुपान्तरण गरेको भेटियो। लेखकले विभिन्न सम्बन्धलाई विभिन्न स्वाद दिएका छन्। बुवा-छोराको सम्बन्ध, मालिक-नोकरको सम्बन्ध, साथी-भाइको सम्बन्ध, देशबीचको सम्बन्ध, मोह र मायाको सम्बन्ध। यी अनेकन सम्बन्धलाई होसेनीले लेखाइमा छर्लङ्ग झल्काएका भेटियो।

कथाको अन्त्यसँगै पाठकलाई आमिर र हसानप्रति भिन्नै सद्भाव जाग्ने पक्का छ। होसेनीले लेखेका कुरा कुरामा मात्रै सिमित नभइ जीवनमा सुन्दैदेख्दै आएको घटनासित पाठकले पक्कै कनेक्ट गर्छन्। त्यो उनको लेखाइको राम्रो पक्ष हो।

प्रतिक्रिताः पढ्न सिफारिस, नभए हेर्न नछुटाउनु  (The Kite Runner)

‘द काइट रनर’ किताब नपढेका थोरै होलान्। पढेकाले पक्कै अरुलाई सिफारिस गर्ने किताब हो यो। म पनि यो किताब ‘फिक्सन रिडर’लाई पढ्न सिफारिस गर्छु। सानोमै पढेको भएतापनि यो किताबको छाप मैले अझै भुलेको छैन। पढ्न भन्दा हेर्न रुचाउनेले यस किताबमा आधारित फिल्म ‘द काटइ रनर’ हेर्दा नि हुन्छ।

थपः ‘द काइट रनर’ पछि लेखकको अर्को किताब ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स्’ पढ्नु होला।

The Kite Runner Movie Trailer:

The Kite Runner’s AudioBook in Youtube:

Read More Book Review from Offline Thinker: 

बिपिका उत्कृष्ट आख्यान ‘सुम्निमा’ | Suman Bhattarai

‘True Believer’ by Nicholas Sparks | Book Review

रहर | Book Review | Suman Bhattarai

Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *