बाहिर के खोज्नु
छैन कुनै अर्थ
बाहिर के रोज्नु
लाग्छ सबै व्यर्थ !
भित्र हेर्छु
आत्मानुरागले भरिन्छु
आत्मपदको चाहमा
प्रमादले मातिन्छु
आत्मरसको स्वाद पाई
आत्मश्लाघामा रमाउँछु
आत्मरतिमा मग्न हुँदै
अन्तरात्मामा हराउँछु ।
म छु अन्त:स्थ
सहज स्वस्थ स्वत:
म त स्वयम् प्रहेलिका हुँ
मलाई कसले बुझ्न सक्छ ?
अन्तर्मनको मधुशालामा
हरदम प्रेमको प्याला रित्याई
वसन्तोत्सवमा मस्त झुम्दै
म नाचेको कसले देख्न सक्छ ?
–विजय संग्रौला
Read More From Bizay Sangroula
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

