म को हुँ?
चौतारामा बसी जिस्काइ रहेका ती जिब्राहरुलाई सोध।
चुरोटसँगै रंगिन सपना बनाइ रहेको मस्तिष्कलाई सोध।
करोडौं सूर्यका कर्ण पार गरी साझमा आउने पैतलालाई सोध।
या
करोडौं सुक्राणुबाट बनेका ती करोडौं मानिसलाई सोध।
म को हुँ?
नचाहँदा नचाहँदै बिछोडिएकालाई सोध।
एक मनले आफ्नो हो भन्दै दाबी गर्नेलाई सोध।
नदिमा कुद्ने सैतानलाई सोध।
या
घरमा बस्ने भगवानलाई सोध।
म को हुँ?
चहादा चहादै भ्रष्टाचार गर्न नपाएकालाई सोध।
नचाहँदा नचाहँदै जेलमा बसेकालाई सोध।
अदृश्य घुम्ने पितृलाई सोध।
या
या दृस्य हिन्ने पितालाई सोध।
म को हुँ?
बच्चा मार्ने आतंकबादीलाई सोध।
बच्चा बचाउने सैनिकलाई सोध
हाँसिरहेको झण्डालाई सोध ।
या
रुँदै गरेको डाँफेलाई सोध ।
म को हुँ
पेट पाल्न बिदेशीएका व्यक्तिहरुलाई सोध।
पेट पाल्न नसकेर लडेका ती मुर्दाहरुलाई सोध।
भ्रष्टाचारले मात्तेका नेतालाई सोध।
या
भ्रष्टाचार गर्न नपाएर मात्तिएकालाई सोध।
म को हुँ
नदि नाला पाखा पधेरा।
तराईं पहाड हिमाल।
बाटा घाटा सबैलाई सोध।
जे जे भेट्छौ सोध्दै सोध्दै जाउ।
जबसम्म थहा हुन्न म को हुँ?
सोध्दै सोध्दै जाउ…
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

