सम्बन्धहरु
देखिदैनन सायद !
मनबाट महसुस हुन्छ्न्
आँखामा देखिने दृश्यमा होइन
अदृश्यमा नै जबर्जस्त हुन्छन्
शब्दमा कहिलै भेटिदैनन्
अटुट भावनाले कसिएका हुन्छन्
हरदम याद बनेर सताइ रहन्छन्
कहिले काहीं लाग्छ
हरपल सम्झनामा आइरहने
सम्बन्धहरु
टुट्दैनन सायद !
नजिक पर्दा नचिने झैँ गरि
टाढिँदा आँखाभरी आँसु भरी
केहि सम्बन्धहरु यसरी नै चल्छन्
कहिले काही लाग्छ
एक हुनलाई
सम्बन्धहरु
लेखिदैनन् सायद !
~ यायावर जि | Jivan Shahi
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

