चाइनाको सिलिन्डर ! | Nepali Poem | Jivan Shahi
चाइनाको सिलिन्डरमा
नेपाली नेता ‘आले’ ले
रात दिन खटेर
पार्टी कार्यलय जस्तै देखिने
फ्याक्ट्रीमा डटेर
आफ्नै मुखले
अक्सिजन फालेर
कार्बन डाईअक्साई हालेर
सिलिन्डर भरेर
आफ्नै तस्बिर टाँसेर
छाती चौडाएर
गाला फुकाएर
अस्पतालको शैयामा स्वास रोकिएर
छटपटाई रहेका
निमुखा बिरामीको
मुखमा फाले
र भने
मेरो नितान्त मेरो यो कार्बन डाईअक्साईड सिलिन्डर !!!
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

