हालत | Nepali Poem | इस्मिता थापा [Offline Thinker]

हालत

जन्मे पछि मर्नु पर्ने त यहाँ सबैले हो।
रातदिन दु:ख गरी भोकै मर्नु करैले हो।।
सगरमाथाले यो देशको नाम बढेको हो।
आज यो देशको के हालत भएको हो।।

चिन्छन् सबैले वीर योद्धाका सन्तति भनेर।
रातदिन सिमाना मिच्दा सब चुपलागि बसेर।।
जसले जे जे गरे पनि चुपलागि सधैँ सहेको हो।
आज यो देशको के हालत भएको हो।।

देशमा यस्तो महामारीको संकट आउँदा।
देशका शासकलाई आफ्नो पाटीले सताउदा।।
फस्न त यहाँ ती नै गरिबी र दु:खी फसेको हो।
आज यो देशको के हालत भएको हो।।

गरिँदै थियो भाषण सम्पूर्ण युवालाई देशमा रोजगारी।
पेट पाल्नका लागि हजारौँ युवाहरु जादैछ्न् प्रदेश बोकेर भारी।।
जिवितमा नै मट्टीतेल हालेर यहाँ धेरै जलेको हो।
आज यो देशको के हालत भएको हो।।

अर्थतन्त्र नै कृषि भएको मुलुक अरे।
धानमा लाउने मल नपाएर कृषकले आन्दोलन गरे।।
देशमा गणतन्त्र ल्याउन जनताले आफ्नो शिर काटेको हो।
आज यो देशको के हालत भएको हो।।

खाली आएर खाली नै जाने हो।
सधैँ विवाद कति सहने हो।।
जनताको पसिना आफ्नै तरिकाले साचेको छ।
आज यो देशको के हालत भएको छ।।

Image by Gerd Altmann

You May Also Like:

महिनावारी | कविता | इस्मिता थापा [Offline Thinker]

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *