तिमी, म अनि चिता | कविः सुजन अधिकारी

तिमी

तिमी, म अनि चिता

तिमी मलाई हरियो नोट देउ म तिमीलाई निलो भोट दिन्छु,
मेरो भोको छोरा सोध्दैन त्यो खाना कहाँबाट आयो भनेर,
तिमी मलाई साडी देउ म तिमीलाई गाडी किन्ने छुट दिन्छु,
मेरी नाङ्गी श्रीमतीले सोध्ने छैन त्यो कपडा कसरी आयो भनेर,
तिमी मलाई साझ बाल्ने टुकी मात्र देउ मट्टीतेल भरेर
म तिमीलाई सोध्ने छैन, के मेरो घरमा बिजुली पनि बल्छ भनेर,
अहँ गुनासो हुन्न मलाई, तिमीलाई म मेरो नैतिकता बेचिदिन्छु,
पाँच वर्षमा तिमी फेरि हात जोड्दै आउनु, आज के लिन्छौ भनेर,

गुण्डा र डन पाल्न नबिर्सिनु फेरि, तिमी मन्त्री भएपछि,
बैनी बलात्कृत भईन भने चित्त बुझाउला तिम्ले दिएको पैसा सम्झेर !
सत्य, कहाँ कसोरी भन्दै म तिमीलाई कारण केही सोध्ने छैन,
बस् तिमी मेरो भाइ ल्याइदिनु, बुहारीको सिन्दुर जस्तै रातो बाकस भरेर !
तिमी घर सिमेन्टको बनाउनु बाढी नपस्ने भुइँचालोले नढ्ल्ने,
भत्किएको भित्ताबाट छिर्छन् बाछिटा, घर मेरो लडे लड्छ छानो चुहिएर !
देश विकाश गर्छु भन्दै, तिमी भाषण दिन नछोड्नु मलाई,
सधै झैं म तिमीलाई सुनिदिउला चोक बजारमा वाल्ल परेर !
कुनै दिन चितामासँगै जल्दै गर्दा तिम्रो र मेरो भेट फेरि हुनेछ,
म ढुक्क छु !
तिमीलाई झैं मलाई कोहि भन्ने छैनन्- “थुक्क पापी ठिक्क पर्यो !”

कविः सुजन अधिकारी

Read More Poem:

कविता: आशा साहनी | जनक कार्की | Offline Thinker

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *