समाज, सुन्नु पर्दैन मलाई, मैले लेखेको गलत कुरामा समय फाल्नु नै हुँदैन। म म होइन, तपाईंको नै सोच हो जस प्रति तपाईंले सोच्नु हुँदैन।
म तपाईंको रिस, वेग वा सम्बेदना होइन न त ईष्या हो। मैले तपाईंको न त भलो चाहन्छु न त कुभलो।
बस मलाई सुनि दिनु पढी दिनु चान्छु।
के तपाईं आफ्नो त्यो सोचाइ प्रति ध्यानाकर्षण गर्न चाह्नु हुन्छ? हुन्न भने, कृपया नपढनु होला। मलाई हुन त त्यति धेरै नेपाली र व्यकरणको ज्ञान पनि छैन।
तर समाजको प्रकार बारे केहि टिप्पणी गर्न चाहन्छु। मैले समाजलाई ३ प्रकार मा विभाजन गरेको छु। झैझगडा गर्न हैन ताकी आफूलाई चिन्न।
१. स्थिर समाज
जहाँ हामीले एउटा घरको कल्पना गर्छौ, जहाँ समानता नै समानता छ।
पुरुषले बाहिर गई कमाएर ल्याउछ, महिला खाना, बालबच्चा साथै पुरुषले आर्जेको हरेक सम्पत्तिलाई चम्काएर ख्याल् राखछ।
हो नि कति शान्ति पुर्वक समाज हो यो।
मलाई नि यो असाध्यै मन पर्छ, म नि यस्तै समाज मा बस्न मन लाइछ।
दुई नम्बरको प्रक्रार तिर के जानु हुन्छ र? तपाईंको ड्रीम हाउस यहि हैन?
तर होला कोहि काम नभएको जसले अझै पढ्न चाहन्छ।
२. प्रोग्रेसिभ समाज
यस्ले पुरातनवादी सोच नछोडि परिवर्तनको लहर ल्याउन चाहन्छ।
हो, अब तपाईं यसमा पर्नु हुन्छ।
अब तपाईंले कल्पना गरेको घर यस प्रकार छ।
एउटा खुसाल र समद्ध घर होस् जहाँ महिलाको साथै पुरुषले पनि कमाओस अनि सँगै जीवन बिताउन।
ए! ला!
मैले त उल्टो भनेछु तैट अब टाईपराईटरले लेख्दै छु। मेटाउन मिल्दैन।
पर्खनुस् माथिको बिर्से तलको पढ्नुस्
हामी एउटा सभ्य नागरिकको समाज र घर कलपना गर्छौ जहाँ आफ्नो सोच नमिल्ने व्यक्तिलाई गलत भन्छौ,
पुरुषले जस्तै महिलालाई पनि घर बाहिरको काम गर्न दिन्छौ तर पर्दामा राखेर ताकि आफ्नो संस्कार नभुलोस् र कामबाट फर्कि महिलाको लागि सुनिश्चित गरिएको कामहरु गरुन।
पुरुषलाई उसको बोसले गाली गरेको रिस त्यस्ति श्रीमतीलाई पिटेर निकालोस्।
छोराछोरीलाई समान स्कुलमा पठाओस् तर उसको छोराछोरी भन्दा हाम्रोले सबैभन्दा बढी मार्क ल्याओस्।
छोरीले राम्रो ज्वाईं पाउला कि नाई?
अहिले नै कुनै केटा सँग बोलेर बस्छ कि?
उस्को ससुरालीले उसलाई घर बाहिरको ‘पनि’ काम गर्न दिन्छ कि नाई?
र बिहे पछि उस्को घरबाट उस्कै छोरीको कम्प्लेन आउँदा कस्को पक्षमा बोल्नु?
यि सबै चिन्ताले झन ग्रसित हुन्छन् विचारा पुरुषहरू।
अनि अर्को पनि आफ्नो हुनेवाला बुहारीले स्वास्नी जस्तै मीठो पकवान खुवाउला कि नाई?
अनि यो लिस्टहरु बढी रहन्छ।
यसमै पुरै दिन नलगाम, चलो ३ नम्बरमा!
३. कन्फुज्ड समाज
यस्तो समाजमा सन्कीहरुको आवाज एक्दम गुज्रिरहेको हुन्छ।
सबैको हक अधिकारको लागि कोहि आन्दोलन गरि रहन्छ।
राजा जस्तै शाषन गर्ने र राज खजाना लुट्ने मर्मले नेताहरुको उत्पाति भैरहन्छ।
घुस भने धारामा पानी नआएको दिन पनि आउँछ।
महिला वस्तु जस्तै ठान्नेहरु पनि जिउँदै रहन्छ।
अनि हुन्छ सबैभन्दा बढी मानिस हामी जस्तै कन्फुज्ड जो अहिले पनि प्रथम प्रकारको सपना हेर्छौ, दोस्रो प्रकार जस्तो बोल्दै हिड्छौ तर वास्तवमा कन्फुज्ड नै रहन्छौ।
समाजमा पैसाको धेरै जरुरत हुन्छ भने थाहा पाएर पैसा कमाउन तर्फ चाडै लाग्छौ र पैसा, गाडी र बङ्ला हुनेहरु कै इज्जत गर्छौ।
घरमा बाबाले आमालाई कराएको देख्दा मनमनै आफूसँग यस्तो व्यवहार नगर्ने वाचा गर्छौ अनि आफ्नो पार्टनरसँग भने खुब पुरा गर्न नसक्ने गफ हान्छौ।
र पनि हामी कन्फुज्ड नै रहन्छौ।
हिंसाको विरुद्ध हिंसा ल्याई शान्ति स्थापना गर्ने निधो गर्छौ।
माया भन्दा अगाडि लोभ गर्छौ।
मेिहेनेत भन्दा अगाडि फलको बारेमा अन्दाजा लगाउछौ।
हामी, हामी हैने कसैको पुतला पनि जीवन व्यतित गर्न बाध्य हुन्छौ।
आफ्नो विचारहरु गरिवीको चोटले, मानसिक तनावले अथवा बोझले हराएर जान्छ र पनि ईगालेट्ररियन समाज बनाउने सपना छोड्दैनौ।
मलाई बुझ्नु भयो त?
कि मनलाई???
क्न्फ्युजड नहुनुस्, स्पष्टता अपनाउन होस् ।
क्न्फ्युजड हुनु पनि ठिकै हो तर आफ्नो सपना नभुलनुस् !
जिवन्त रहनुस् ।।।
Read More From other Secret Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com