चङ्गाको जुधाई अनि उडान | कविता | Nepali Poem | सन्जीत

चङ्गा

आकर्शक खुला उज्यालो आकाशमा,
एक्नासले चलिरहेको बतासको लयको साथमा
भर्खरै मात्र… उड्न खोजिरहेका धेरै रंगीचंगी नयाँ चङ्गाहरु
आफ्नो उचित उचाई छुन अनि छुट्टै राम्रो पहिचान बनाउन,
लडाइँ जुधाइ गर्दै खोज्दैछन्, आफ्नो बाटो दिशा पहिलाउन
अनि उडान भरिसकेका चम्किला चङ्गाहरुसँग उत्सव मनाउन

तर,नयाँ चङ्गाहरुको यात्रा छैन उस्को माथि मात्र निर्भर
छिमेकीका चङ्गाहरु सँगको छ कडा प्रतिस्पर्धा परनिर्भर
सँग उडानको तयारी गरेका चङ्गाले नै चङाचेट गर्ने डर
माथिको हावाको बेग सँग बढ्दै गएको उचाईको चुनौती
आफ्नो आकार बनाउँदै गर्दाको उसका मालिकको गल्ति
अनि सबै भन्दा महत्वपुर्ण, लट्टाइ समातेर उडान गराउने व्यक्ति
यी सबै माथि निर्भर पर्छन् त्यो चङ्गाको उडानको उचाई
खेल यहि नै हो नै सामजको :- चङ्गाचेट अनि चङ्गाजुधाई

हो, हाम्रा बालबच्चा पनि तिनै चङ्गाहरु जस्तै हुन्
लट्टाइ समाती उडाइरहेकाहरुले राम्ररी यो कुरा बुझुन
कडा मात्रै पारे गतिविधी, चङ्गाले नलिन सक्लान सहि बाटो
उडानको लागि अलि कति छोड्नु पनि पर्छ धागो
अर्काको चङ्गाको उडानमा मात्र ईष्या अनि ध्यान नदिम
आफ्नै चङ्गालाई पनि राम्री उसको यात्रामा उड्न हौशला दिम

अनि उडिरहेका चङ्गाको मात्रै महत्व हैन
झरिरहेका चङाको नि समाजमा महत्व हुन्छन्
नपत्याए ती झर्न खोजेको चङ्गा समाउन खोज्ने
ती निर्दोश निस्पक्ष दौडिरहेका बालकलाई सोध्ने???

डा. बुद्धिनाथ साह “सन्जीत”

 

Read More Related Writings:

पागल बाबु छोरा | Written by Secret Thinker

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com with hashtag #secretthinker and your writing will be published anonymously.

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *