बन्द गर | कविता | सुस्मिता श्रेष्ठ | Offline Thinker

From every door and sky join us and sing together of the world. We want peace! We want peace
स -साना बालिकालाई बलात्कार गर्न जुट्न अब बन्द गर
आमाको आशुको धारा बहाई बालिकाको कोमल शरिर लुट्न अब बन्द गर
कलिला हात पाखुरामा रगतले पोत्न अब बन्द गर
पक्षको खिलाफ भई विपक्षमा जित्न उठ्न अब बन्द गर
हत्या हिँसा गरेर गुफाभित्र लुक्न अब बन्द गर
कानुन तिमी उठ्नु पर्छ कुर्सीमा बसी भुक्न अब बन्द गर
सानो देश छ त्यही माथि राजनीति भ्रष्टाचार गर्न बन्द गर
आफ्नै दिदी बहिनी छोरी सम्मानलाई बलात्कार गर्न बन्द गर
बलात्कारी भ्रष्टाचारी सबै शिर ठडाएर हिड्न अब बन्द गर
जहाँ हेर्यो नातावाद अनि क्रिपावाद भिड्न अब बन्द गर
काम ठूलो सानो हुँदैन दुःखीलाई हेप्न अब बन्द गर
जो सानो जाति अनि गरिबी उसैलाई चेप्न अब बन्द गर
जात काम धर्म एकै हो फरक छुटाउन बन्द गर
बुद्धको देशमा हत्या हिँसा गरी शान्ति फुटाउन बन्द गर
देश विकास गर्न तर्फ लाग सबै पुँजी आफैलाई बोक्न बन्द गर
आफ्नै छानो ठडाएर जनताको सामु खोक्न अब बन्द गर ।
✍️  सुस्मिता श्रेष्ठ
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *