बालविवाह
दैनिकी घटना सुन्दा/देख्दा कहिलेकाहीं म बडो चिन्तित हुन्छु यो सोचेर कि
कस्तो अजिव नियम बनाइदियो यो समाजले,
भर्खर फक्रन लागेको कोपिलालाई वैवाहिक सम्बन्धमा बाँधेर ओइलाई दियो…….
जसलाई जीवन के हो थाहा छैन,
सम्बन्ध के हो त्यो पनि थाहा छैन……
सहि-गलत के हो थाहा छैन,
आफ्नो-अर्काको भनेको के हो त्यो पनि थाहा छैन……
हातमा कापी-कलम हुनुपर्ने यस्तो कलिलो उमेरमा,
वैवाहिक सम्बन्धमा बाँधी दियो उनीहरुलाई…..
जस्तो दुई स्वतन्त्र पंक्षीहरुलाई
कुनै पिंजडामा कैद गरिदिए जस्तो…….
सानो उमेरको कलिलो भाव,
अन्जानमा खेल्न पुगियो त्यो खेल…….
न त शारीरिक रुपले विकसित हुन्छन् यिनीहरु,
न त बौद्धिक रुपले नै विकसित हुन्छन्……..
श्रीमान-श्रीमती के हो, कसैले सोधुन् यिनीहरुलाई…..
वैवाहिक सम्बन्ध निभाउनु भनेको के हो,कसैले सोधुन् यिनीहरुलाई……..
एउटा उत्साह जस्तो जो यिनीहरुले मनाएर बिर्सिदिए…..
जीवनको बन्धन जो खेल-खेल मै रचियो………
पर्खनुस्! हतार नगर्नुस्…….
रिवाजको नाममा यिनीहरुलाई यसरी उनीहरुको बाल-अधिकारबाट बन्चित नगर्नुस्,
बालविवाह अभिशाप हो, कलिला बाल/बालबालिकाहरु माथि
यस्तो बोझ राखी उनीहरुको जिन्दगी बर्बाद नगर्नुस्……………
उनीहरुको जिन्दगी बर्बाद नगर्नुस्…………..।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com