घर | कविता |

घर

ती उकालो चढेर घर नजिकिदाँ

छिटो छिटो चलेका ती पाइला,

निहुरिएर पस्नु परेका ढोका

अध्यारो घरको त्यो अध्यारो कोठा,

त्यहाँको कोठाको कालो ढोकालाई

नदेखेझै गरी फनक्क फर्केर

खुरूखुरू माथि तिर चढेका यी पाइला,

माथि बसेर अध्यारो कोठालाई गरेका ती सम्झना

Photo by Enzo Tommasi 

फेरी

मनले नमानेर तल झर्दा

कालो ढोका खोलेर हेर्दा,

स-साना झ्यालका प्लावबाट प्रकाश निस्कदा

भित्तामा कोरिएका मनका भडास देख्दा

एक कप चिया र चुरोटको आशमा बस्दा

चुरोट जस्तै जलेका ती याद  र खरानीसँगै बिलिन भएका ती आवाज देख्दा

मन चिच्याइरहेको देख्दा

दिमाख खल्बलाईरहेको देख्दा

न रोक्न सक्छु

न भन्न सक्छु

न त लेख्न नै सक्छु,

एक छिन उभ्भिएर टोलाएर हेर्छु

बोली फुट्ला भन्ने आशमा बस्छु

नफुट्दा आफै बुझ्छु

केही नभए जस्तै गरी फर्कन्छु।

 

 

Also Read:

Letter to My Future Self | Poetry by Sabi Thapa

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *