म को हुँ? | Poem By Secret Thinker

म को हुँ?

मेरो अस्तित्व के छ?

मेरो परिचय  के हो?

न मलाई थाहा छ न त हजुरलाई,

न मेरो बाआमा छन् न त मेरा साथीभाई ।

गुजार्दै छु मेरो जिन्दगी सडकमा रोइकराइ,

मेरो पिडा बुझ्ने कोइ छैनन् …….आशु पुछ्ने कोइ छैनन्,

सबैको जस्तो सुखसुविस्ता मैले रत्तिभर नि पाइन ।

भोक लाग्यो खाना छैन……. प्यास लाग्यो पानी छैन,

लाखौँ हिडछन्  बटुवाहरु तर मानवता कोइसँग छैन,

माग्दा माग्दा घाँटी सुकिसक्यो रुँदा रुँदा आशु सक्किसक्यो,

अब त बाचेर संसार हेर्ने रहर पनि मरिसक्यो ।

अँध्यारो सडकमा जाडोले थरथर काँप्दै एक्लै सुत्छु म,

रहर थियो मलाई पनि आफ्नो घरमा तातो सिरकभित्र आराम गर्न त,

तर कठै मेरो भाग्यले साथ दिएन मलाई,

मलाई खाते बनायो …….टुहुरो बनायो मलाई ।

मैले कसैको नराम्रो गरिन न त कसैको नराम्रो चिताए,

केहि गल्ति नगर्दा पनि पुरा जीवन मैले फोहोरको डङ्गुरमा बिताए ।

जन्मिदै आमाबुवाको काख पाइन,

फोहोर मै हुर्के……. फोहोर मै खाए,

फोहोर नै टिपे …….फोहोर कै लाए ।

अब त सास फेर्न नि गाह्रो भइरहेछ,

सायद यो  पापी दुनियाबाट बिदा हुने मेरो समय भइसकेछ ।

तर म दु: खी छैन, के को लागि हुने? कसको लागि हुने?

एक्लै आए ……. एक्लै मर्छु ।

यो जुनीमा त सकिन, अर्को जुनीमा चै केहि गर्छु ।

चारै तिर अन्धकार देख्छु, छैन कतै आशाका किरणहरु,

भैंसी चढी आउदै छन् यमराज , यथार्थ हुन् कि भ्रमहरु,

अल्विदा सबै जना , म जादै छु संसार छोडी ।

न बाच्दा मेरो अर्थ थियो , न त मरेसी नै हुन्छ ।

आशा गर्दछु मेरो आत्माले स्वर्गको ढोका छुन्छ ।

बिदा लिन्छु तपाईंसँग, सबैसँग, अब म जान्छु,

मेरो सबै दु:ख पिडाहरु मसँगै लिएर जान्छु,

अलविदा ।

-Secret Thinker

Image by SplitShire

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *