गजल | Swornim Sanu | Gajal

Swornim Sanu gajal
दुश्मन पनि त हुन् याद गर्नुस् मलामी आउनेहरू
प्राय: आफन्त पर्छन् मृत्युको उत्सव मनाउनेहरू
देश लुटेर हिडेकाहरूले जिन्दगी सुकुनमा बिताए
यहाँ, भोकमरीले मरे राष्ट्रिय झण्डा फहराउनेहरू
समय अनुसार पटक्कै चल्न जानेका छैनन्
यो संसारमा महँगा-महँगा घडी लगाउनेहरू
मैले, बा आमा र देश नदेखेको वर्षौँ भइसक्यो
भाग्यमानी रहेछन् आमाको काख ओछ्याउनेहरू
उसलाई आगो लगाएर जतिसुकै पीडा दिनुहोस्
लास कहिले रुँदैन रुन्छन् स्वयम् जलाउनेहरू
-Swornim Sanu

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *