मन्त्रालयका कर्मचारी
शौचालय धेरै जान्छ्न्
कालजय गीत गाउछ्न् भित्र छिरेर
दश र चारको बीचमा
कम्प्युटरले औधी काम गर्दछ
र बुलेट प्रूफ वाहन चडी घर आउछ्न्
थकित सम्माननीय ज्युहरु
यहाँ यस्तै छ
सम्माननीय ज्युको बुलेटप्रूफ वाहन सुरक्षित छ
सोल्टी, यहाँ यस्तै छ
अविकसित र विकसितको सिडीमा
पालैपालो बसेर उहाँहरु
हामी सानो उमेरमा रहँदा खेल्ने गुच्चा
खेलिरहेछ्न्
सम्माननीय ज्युहरु
बम र बारुद झोलामा हाली ,
झोला टनक्क भरेर मिल्काइदिए
तिनले खोलामा
अहिले मुखमा चुइगम हाली
गाउँगाउँका आली आलीमा
चुइगम फुलाउदै डुलिरहेछ्न्
समाजसेवा गर्न,
तरवार नचलाइ दरवार ढलाउ्छन्
निर्बिरोध सलबलाउछ्न्
बन्दुक धेरै सस्तो छन्
अस्तव्यस्त मौसुफहरुको नगरीमा
अझै सस्तो त सत्याग्रहीहरुको जीवन भएका छन्
जो अन्न पानी छाडी आफ्नो जीवन देशको निमित्त ,
देशवासीको निमित्त
भोलिका निमित्त
आज समर्पित गरिरहेछ्न्
यहिदेखि हामीले ब्रम्ह पैदा गर्नुपर्दछ
यहि शब्ददेखि सुरुवात गर्नु पर्दछ
बलिका बाख्रो बाख्री हामी हुनु हुँदैन
अब, बुढा भेडाभेडीका हुललाई
गोठसम्म पुर्याइ आउन पर्दछ
गोठाले पनि बन्न पर्दछ
यायावर पनि हुन पर्दछ
अभिभाराको अर्थ खोज्नु पर्दछ
सोल्टी, कलम बोकेर आउ
पर्याय हामी हुन पर्दछ
आलोचनाको सट्टा ,
आमा सँग एक मुठ्ठी चना मागी ल्याउ
यात्रामा भोकाउदा खानु पर्दछ ।।
-Suvash Chaulagain
You May Also Like Poem By Suvash Chaulagain:
Facebook Comments

